कास्की २ : घण्टीको अग्रता, एमालेकी विद्या पछिपछि - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

कास्की २ : घण्टीको अग्रता, एमालेकी विद्या पछिपछि



कास्की-२ मा मतगणना सुरु भएको छ । राती १२ बजेबाट मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालय कास्की २ का सूचना अधिकारी नवीन भण्डारीले जानकारी दिए ।

वडा नम्बर १५ को कोलपाटन बुथको ५४० मत गनिसक्दा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव कँडेलले अग्रता लिएका छन् ।

उनले १ सय ६२ मत पाएका छन् । कँडेललाई नेकपा एमालेकी विद्या भट्टराईले पछ्याइरहेकी छन् । हालसम्म विद्याले १ सय २२ मत पाएकी छन् । पाँच दलीय गठबन्धनका श्रीनाथ बरालले भने हालसम्म १ सय १० मत पाएका छन् ।

प्रदेशसभातर्फ भने राप्रपका विजयबहादुर भण्डारीले अग्रता लिएका छन् । उनले १ सय ९८ मत पाउँदा नेकपा एमालेका भीम कार्कीले १ सय ४५ मत पाएका छन् ।

यस्तै गठबन्धनका विश्वप्रकाश लामिछानेले १ सय ६ मत पाएका छन् भने लौरो चुनाव चिह्न पाएका हाम्रो नेपाली पार्टीका चेत महतले ५५ मत हासिल गरेको जानकारी दिइएको छ ।