सर्जक तथा गायक कस्तुप पन्तको दशैको कोसेली “ मखमली माया ” बजारमा ( भिडियो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सर्जक तथा गायक कस्तुप पन्तको दशैको कोसेली “ मखमली माया ” बजारमा ( भिडियो सहित)



नेपाली लोक गीत सङ्गीतको क्षेत्रलाई यति बेला चाड पर्वले निकै छोएको छ भर्खरै हिन्दु नारीहरूको महान् पर्व हरितालिका तीज सकिए लगत्तै दसैँ तिहारका गीतहरू रिलिज हुन थाली सकेका छन् । यसै क्रममा हालै मा “ मखमली माया ” दसैँको कोसेली सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा चर्चित सर्जक तथा गायक कस्तुप पन्त र गायिका देवी घर्ती मगरको समधुर स्वर रहेको छ भने शब्द सङ्गीत उनै गायक पन्तले नै गरेका छन् ।

सारथी म्युजिक कम्पनीको प्रस्तुतिमा बजारमा आएको यस गीतको म्युजिक भिडियो लाई बब्बु थापाले निर्देशन गरेका छन् यस्तै दुर्गा पौडेलको छायाङ्कनमा प्रविन भट्टको सम्पादन रहेको छ । भिडियोमा बब्बु थापा र करिश्मा ढकालको अभिनय देख्न सकिन्छ । गीत निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।