कता हरायो पशुपतिको ३५० रोपनी जग्गा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

कता हरायो पशुपतिको ३५० रोपनी जग्गा



२९ असोज, काठमाडौं ।

पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन ।

संसद्को सार्वजनिक लेखा समितिले १२ वर्षअघि साढे २ सय रोपनी जग्क्ष्गा खोजी गर्न निर्देशन दिए पनि अझै त्यो काम हुन सकेको छैन । साविकको लगतमा देखिए पनि उक्त जग्गा फिल्डमा देखिएको छैन ।

लेखा समितिले चित्रबहादुर केसीको अध्यक्षतामा गठित २१ सदस्यीय छानबिन समितिले विभिन्न २१ विषय र क्षेत्रको अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो । केसीले समितिलाई बुझाएको प्रतिवेदनमा मौजुदा कार्यालयहरुको लगतको जग्गा पनि विभिन्न व्यक्ति तथा संस्थाबाट अतिक्रमण भएकाले कोषले उल्टै मुद्दामामिलासमेत खेप्नुपरेको उल्लेख छ ।

समितिले गुठी तैनाथी जग्गाको संरक्षण नगरेको पनि उल्लेख गरेको थियो । तैनाथीका पशुपतिका क्षेत्रभित्र र बाहिरका जग्गाको सदुपयोगका सम्बन्धमा कुनै योजना बनाएको देखिएको थिएन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।