कतै तपाईको यस्तो बानि त छैन ? होस गर्नुस् ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कतै तपाईको यस्तो बानि त छैन ? होस गर्नुस् !



काठमाण्डौ ।  निन्द्र भन्दैमा हुन्छ र ? बत्ति बालेर सुत्ने ,मोबाइल लिएर सुत्ने ,घोप्टो परेर सुत्नेहरुलाई खतरै खतराको रिपोट फेला परेको खबर छ ।

मृत्युको कारण धेरै छन त्यसमा पनि बिभिन्न तथ्यहरु पत्ता लाग्दै गएका छन् । यस्तै तथ्य अनुसार रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ । विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ ।

तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक हुन्छ । यदि रातको समयमा कृत्रिम प्रकाश हाम्रो शरीरमा कायम भईराख्दा त्यसले निश्चित रुपमा शरीरमा नकारात्मक असर पार्छ । यसले हाम्रो निद्रा प्रभावित हुन्छ जसका कारण हाम्रो रक्तचापमा उतारचढाव आउँछ । कृत्रिम प्रकाशले मस्तिष्कमा पनि प्रभाव पार्छ ।

शोधकर्ताहरुका अनुसार रातमा बत्ती बालेर सुत्नाले सरीरमा क्यान्सर कोशिकाहरु सक्रिय बन्दछन् । रातमा बत्ती बालेर सुत्ने महिलामा अँध्यारेमा सुत्ने महिलामा भन्दा स्तन क्यान्सरको जोखिम २२ प्रतिशतले बढ्ने शोधकर्ताहरुको निष्कर्ष छ । बिभिन्न कारण रातको समयमा प्राकृतिक रुपमा अँध्यारो नै होस् भन्ने सरीरले चाहन्छ ।

यदि रातको समयमा रातभर नै उज्यालो प्रकाशमा बस्ने र काम गर्ने गरिरहने हो भने केही समयपछि नै सरीरमा विभिन्न खाले नकारात्मक असर पर्दछन् । यसअघिका विभिन्न अध्ययनले रातको सिफ्टमा काम गर्ने मानिसहरुमा तनाव, क्यान्सर, मधुमेह लगायतका समस्याको जोखिम बढ्ने देखाएको छ ।

मोबाइल लिएर सुत्ने बानी छ ? सावधान 
स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । जुनसुकै बेला पनि हाम्रो साथमा रहने स्मार्टफोन हाम्रो लागि खतरनाक भएको खबर हामीले यसअघि पनि पढिसकेका छौं तर एक ताजा अनुसन्धानले फोनलाई राती सँगै लिएर सुत्न नहुने निष्कर्ष निकालेको छ ।

चीनको इन्स्टिच्युट अफ एनबीसी डिफेन्स एण्ड सिन्गुहा युनिभर्सिटीका शोधकर्ताहरुले स्मार्टफोनबाट दर्जनौं खतरनाक ग्याँस उत्पन्न हुने बताउँदै यसलाई सँगै लिएर नसुत्न चेतावनी दिएका छन् ।

अनुसन्धानकताएहरुको एक समूहले लिथियम–आयन ब्याट्रिबाट निस्कने सयवटाभन्दा बढि विषालु ग्याँसको पहिचन गरेको छ । यसमा कार्बोन मोनोअक्साइड पनि समावेश छ । यस्तो ग्याँसले आँखा, छाला र नाकमा जलनको समस्या पैदा हुने गर्दछ । यो ग्याँसले वरिपरिको माहोललाई पनि ठूलो मात्रामा नोक्सानी पुर्याउँछ ।

उनीहरुका अनुसार अहिले पनि धेरै मानिसहरु स्मार्टफोन आवश्यकभन्दा तातो हुने र खराब चार्जरले चार्ज गर्दा हुने खतराको विषयमा अन्जान छन् ।

इन्स्टीच्युट अफ एनबीसी डिफेन्सका प्रोफेसर जी सनले भने, ‘आजकाल संसारभरीका मानिसहरु लिथियम आयन ब्याट्रिको प्रयोग गरिरहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई यसको खतराको बारेमा पनि जानकारी हुन आवश्यक छ ।’

प्राध्यापक सन र उनका सहयोगीले थुप्रै कारक तत्वको पहिचान गरेका छन् जसले विषाक्त ग्याँको मात्रा बढाउन सक्छ । उदाहरणको लागि पूर्ण रुपमा चार्ज भएको एउटा ब्याट्रिले करिब ५० प्रतिशत चार्ज भएको ब्याट्रिभन्दा धेरै विषालु ग्याँस निकाल्ने गर्दछ ।

तपाइँको घोप्टो परेर सुत्ने बानी त छैन ?
घोप्टो परेर सुत्ने बानी छ । तपाइँ जिउलाई कस्तो पारेर सुत्नुहुन्छ रु कोल्टे, उत्तानो वा घोप्टो ? यदि घोप्टो परेर सुत्नुहुन्छ भने अबदेखि त्यसरी सुत्न छाड्नुहोस् ।

पछिल्लो अनुसन्धानले घोप्टो परेर पेटमा दबाब पर्नेगरि सुत्दा आकस्मिक मृत्युको खतरा उच्च हुने चेतावनी दिएको छ ,सामान्य ब्यक्तिलाई समेत यसले नकारात्मक असर पार्ने र सुत्दा छारे रोग भएका ब्यक्ति पुरै मृत्युको जोखिममा हुने यो अनुसन्धानको ठहर छ । अमेरिकाको शिकागो विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानका क्रममा केही मात्रामा पनि छारे रोग भएका हरु भुलेर पनि घोप्टो परेर सुत्न नहुने बताए ।

अनुसन्धानका क्रममा विभिन्न २ सय ५३ वटा मृत्युका घटनाको अध्यन गरिएको थियो । छारे रोग लागेका मात्र नभएर सामान्य ब्यक्तिलाई पनि घोप्टो परेर सुत्दा घातक हुने देखिएको छ । छारे रोग लागेका ब्यक्ति मध्ये ७३ प्रतिशत घोप्टो परि पेट थिचेर सुतेको अवस्थामा मरेको पाहिएको उनीहरुले बताए ।

विश्वमा झण्डै ५ करोड मानिस छारे रोगबाट पीडित रहेको तथ्याङ्कले देखाउँछ । यदि घोप्टो परेर सुत्ने बानी छ भने आजै देखि छोड्नुस् ।