कतारमा कलाकारहरुद्वारा नयाँ वर्षमा धमाका - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कतारमा कलाकारहरुद्वारा नयाँ वर्षमा धमाका



दिल कुमार श्रेष्ठ, दोहा ।

नयाँ वर्षको कार्यक्रम लिएर कतार आएका नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूले नयाँ वर्षमा दोहाको माहोल तताए । लगभग दर्जनको हाराहारीमा नेपाल अमेरिका तथा जापानबाट कतार प्रवेश गरेका कलाकारहरुका साथै स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहेको थियो ।

“प्रवासमा नेपाली कलाकारहरू एक हौँ ,नेपाली कला, सस्कृति र प्रतिभाको सम्मान तथा प्रवर्दन गरौँ” भन्ने मूल नाराका साथ वसन्त फिल्मिस प्रा.लिले नयाँ वर्ष २०७४ को शुभकामना आदान प्रदान तथा तेस्रो विविध सांस्कृतिक कार्यक्रम दोहाको गल्फ प्याराडाईज होटलको हलमा सम्पन्न गरेको थियो।

जन्मदै आमाको कोखबाटै सराप्न सिके जस्तो गर्ने यादव देवकोटा ( सरापे) ले आफ्नो कला (सराप्दै) सबैलाई पेट मिची मिची हास्ने बनाएका थिए । दोहोरी गीतमा घम्साघम्सीले रौनक थपेको कार्यक्रममा सबैले नाचेर धोको पुर्याएका थिए l स्थानीय कलाकार सन्जु माया तामङको झिल्के मजुर बोलको गीतमा गरेको नृत्यबाट सुरु गरिन l कार्यक्रमका मुख्य आकर्षणको रूपमा रहेका बहु चर्चित लोक गायक अमेरिका देखी यस कार्यक्रममा आउनु भएका गायक भगवान् भण्डारीले उनका पुरना तर बहु चर्चित गीतहरू खैरेनीमा गेट , फुलमा भमरा र वनमा काडा छ बोलको गीत गाउदै उपस्थिति सबैलाई नचाएका थिए । त्यस्तै तेजस रेग्मीले रक्सी चुरोट हटाएको छु, सपनीमा ओई भनी भनी बोलाउने , कान्छो छोरा हुँ , सानु सुबदारको बनिदेउन सुबदार्नी र आडमा बस्दा बोलका माया प्रेमका गीतबाट मनोरञ्जन गराएका थिए ।

जापानबाट आमान्त्रित रामकृष्ण बम मल्लले पश्चिमका लोक भाकाका मायाको सिमाना , मायाको भोको र सालैजो गीतबाट मनोरञ्जन दिँदै सबैलाई नचाएका थिए । त्यस्तै नेपालबाट आमन्त्रीत सुरिलो स्वरकी धनी जुना श्रीस मगरले मनमा गहिरो घाउ छ के गरौँ , गएको बैँस के गरी फर्काउने हो , साथै बागलुङको पर्यटकिय क्षेत्र घुम्टे लेक र गाजा धुरिलाई समेटेर बनाएको पन्चे बाजको गीत बारी घुम्टे पारी गाजा ,कौडा गीत सरर सरर , सालैजो ,झ्याउरे गीत रोदिमा मादलु घन्क्यो, बस्ती पाल्पाको र यानी माया जस्ता आधा दर्जन भन्दा बढी गीत पस्कदै सबैलाई नचएकी थिइन ।

राष्ट्र प्रेमी गीत हामीले नगरे कसले गर्ने आज नगरे कहिले गर्ने बोलको गीत गाउदै आधुनिक गीतका गायक रमेशराज भट्टराईले सबैलाई भावुक बनाएक थिए । तिम्रो मोहनी रूप , जादु छ बोलीमा , माया जालैमा पार्यौ पप गीत , सालैजो र बजारमा आउँदै गरेको बेहुला बनाउछु भन्थी बोहुला बनाएर गई बोलको गीतबाट भरपुर मनोरञ्जनका साथै सबैलाई नचाउन सफल भएका थिए ।
आमन्त्रीत मोडल तथा नृत्याङ्ना मन्जिता केसीले पनि आफ्नो नृत्य प्रस्तुत गरेकी थिइन । साङ्गीतिक कार्यक्रमकी संचालिका शीतल शर्माले पनि पानी जहाजमा बोलको गीत गाउदै सबैलाई नचाएकी थिइन । कार्यक्रममा चर्चित लोक गायिका देवीका केसी गुरुङले उनको चर्चित गीत बाजी ठोकम आऊ बोलको गीत पस्केकी थिइन ।तात्दै गरेको जमातलाई भगिरथ चलाउनेले सालैजो गीतमा सबैलाई नचाउन सफल भएका थिए । प्रवासी हुँदाको पीडा ,प्रवासमा नेपालीले भोग्नु परेका समस्या र जान अन्जानमा हुने गरेका गल्तीले निम्ताउने मृत्यु दण्ड सम्मको डरलाग्दो दृश्यलाई समेट्दै कतारमा रहेको U & I Hip Hop नृत्य समूहले सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वसन्त फिल्मिस प्रा.लिका कलाकारहरू बाट रिमिक्स गीत तथा अजय परियार,अन्जना सुनुवार, सन्जुमाया तामाङ र तुफान वाग्लेले सामूहिक रूपमा नृत्य प्रस्तुति बाट दर्शक नचाएका थिए । कतारमा रहेका स्थानीय कलाकार रेसम परियार , अर्जुन रकले आ-आफ्नो प्रस्तुति दिएका थिए ।

यस कार्यक्रम सफल बनाउनको लागी कतारमा रहेका १७ सङ्घ संस्था ,सामाजसेवी र व्यवसायीहरुले प्रत्यक्ष सहयोगीको रूपमा रहेका थिए भने अन्य सङ्घ,सस्थाका प्रतिनिधि , समाजसेवी,बुद्धिजीवी,लगायत नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
प्रवास र विशेष गरी खाडी मुलुकलाई कर्म थलो बनाउदै आएका ,स्वदेशमा रहदा साङ्गीतिक क्षेत्रमा लागेका र प्रदेशिदा उक्त क्षेत्रलाई छोड्न बाध्य भएका प्रतिभाहरुको प्रतीभलाई जोगाई राख्नको लागी वसन्त फिल्मिस प्रा.लिई २०१५ देखी कतारमा स्थापना गरेको कुरा जोड्दै फिल्मिसले साङ्गीतिक क्षेत्रमा मात्र नभएर प्रवासमा समस्यामा परेका नेपालीहरूको सहयोग , कतारमा रहेका सङ्घ ,सस्थाहरु सँग सहकार्य गरिरहेको कुरा राख्दै वसन्तको स्थापना ,प्रवासमा यसको भूमिकाको बारेमा प्रा लिका केन्द्रीय सदस्य तथा कार्यक्रमका संयोजक तिलु शर्मा पौडेलले प्रस्ट पारेका थिए ।

निर्धारित समय भन्दा झन्डै २ घण्टा पछि सुरु भएको कार्यक्रममा पूर्व निर्धारित कार्यक्रम अनुसार प्रा.लिलाई सहयोग गर्ने सङ्घ संस्था ,व्यक्तित्व र कलाकारहरूको सम्मान कार्यक्रम रहेको भए पनि समय अभावको कारण आमन्त्रित ९ जना कलाकारहरुलाई प्रा.लिई परिवारले दोसल्ला र सम्मान पत्रबाट सम्मानित गर्दै सोही मन्चबाट बिधाई पनि गरेका थियो ।

कार्यक्रमका प्रमुख अतिथि बिल गुरुङले प्रवासमा रहेर पनि आफ्ना कला सस्कृति झल्काउने गीत सङ्गीत र नयाँ वर्ष २०७४ को शुभकामना आदान प्रदान सबै नेपाली मिलेर एकै ठाउँमा साटासाट गर्न पाउँदा खुसी लागेको बताउनु भयो । संयोग बस हामी नेपालीको नयाँ वर्ष २०७४ आजैकै दीन देखी सुरु भएको र सुरुको दीन देखी नै राम्रो कामको सुरुवात गरेका छौ । र स्वदेशमा पनि नयाँ कामहरूको सुरु भई रेहेको छ यसले निरन्तरता पाइरहोस् भन्दै देश , विदेशबाट आमन्त्रीत कलाकार र कतारमा रेहेका स्थानीय कलाकारहरुलाई सम्मान व्यक्त गर्दै उपस्थिति सबै लाई नयाँ वर्षको शुभकामना दीनुको साथै प्रा.लिका प्रबन्धक निर्देशक ईश्वर काफ्लेले कलाकारिता क्षेत्रमा र सामाजिक क्षेत्रमा गरेको सहयोगको प्रशंसा पनि गरेका थिए ।

व्यानर अनावरण ,दीप प्रज्वलन र नेपाली राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा वसन्त फिल्मिस प्रा.लिका प्रबन्धक निर्देशक ईश्वर काफ्लेको अध्यक्षता तथा समाजसेवी,बुद्धिजीवी विल बहादुर गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन फिल्मिस प्रा.लिका सचिव अबु अलिको र स्वागत मन्तव्य प्रा.लिका केन्द्रीय सदस्य शरद पाण्डेको रहेको थियो । भएको साङ्गीतिक माहोलको सहजिकरण (सञ्चालन) नेपालबाट आमान्त्रीत प्रतिभाकी धनी लोक गायिका, उद्घोषिका ,स्वास्थ्य क्रमी तथा मिडियाक्रमी शीतल शर्मा र सहयोगीका रूपमा फिल्मिस प्रा.लिका केन्द्रीय सदस्य शरद पाण्डेले गरेका थिए ।