हरियो ढुक्क, नीलो भए जुरुक्क ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

हरियो ढुक्क, नीलो भए जुरुक्क !



-मौसम भुषाल

साउनको महिना । झरीले छाडिसकेको थिएन । घरको आँगनले सँधैजसो नुहाएकै हुन्थ्यो । झरीले हामि अगाइसकेका थियाँै तर ड्ँयको भोक कसरी मेट्न सक्छ र झरीले जसरी हाम्रो पेट भर्दैन । खेतमा रोपाई देखि लिएर बारीमा कोदो रौप्ने काम भ्याइसकेकाले त्यति पानी परेपनि दुःखको विषय भनै थिएन । बा बिहानै उठेर भैँसिलाई कुँडो पकाउने काममा लाग्नुहुन्थ्यो । म पनि आगो खेलाउँदै कुँडो पकाउने रहरले भएपनि चाँडै उठ्थेँ । त्यस दिन अधेँरै थियो त्यसमाथि चिप्लो आँगन । बद्¥यम्मै पछारिएँ । दुख्यो पनि तर रुने गरि भने होइन । हात मसार्दै गोठमा पुगेँ । अँगेनो नजिकैको पिर्कामा बसेँ । बा‘ले सोध्नुभयो, “फेरी पनि आज लोटिस् क्या ?” सधैँजसो सजिलो जवाफ दिएँ, “दुखेन …………. केहि नि भाछैन ।” घरको पालिमा अड्किएर, इन्डियाबाट छुट्टिमा आउदा परारै ल्याइदिएको पुरानो रेडियो एक्लै भए पनि बजिरहन्थ्यो । अब रेडियो एक्लो भएन । बा सँगै म पनि थिएँ । जनयुद्धकै समाचार धेरै फुकिरहन्थ्यो यसले ।

खबर सुनिँयो, “स्याङ्जा” सिर्सेकोटमा हिजो एकैचोटि पाँच जना माओवादि मारिने मध्य कुविजा, कृष्ण गौतम …………..।”

झस्याङ्ग भएँ । मनै थाम्नै सकिन । बेसरी दुख्यो, यो मन । एकै छिन त यस्तो लाग्यो, मुटु चल्नै छाड्यो तर रेडियो भने चलिरह्यो , निरन्तर फुकिरह्यो । अघि आँगनमा लडेभन्दा बढी असहज भएर आयो । थाहा छैन बा’को मन धेरै रोयो या मेरो ?

कृष्ण गौतम यानिकी गौतम सर ! उहा घर आउदा मिठाई , बिस्कुट पाएकै हुन्थे, उहाको काखमा बसी गफ सुन्न गएकै हुन्थे । आफुलाइ माया गरेको मान्छे गुमाएका थिएँ । यो खबरले पैँयूखोला नै रुवायो । असल विचार, स्वभावले गर्दा नै होला एक छापामारका नामले होइन गौतम सरका नामले चिािएका थिए । सायद असल मानिसमै जान्छ दैवका इष्र्यालु आँखा !

यो खबर सेलाउदै गयो । तर गाउमा हल्ला चलेकै हुन्थ्यो, “सेनाले न घर घरबाट खाज्दै ल छन् रे माओवादीलाई !” देखे मारिहाल्छन् रे । म झसङ्ग हुन्थेँ । किनकि सबैले भन्थे मेरा बा माओवादी हुन् तर मेरो मनले भनेको हुन्थ्यो ,” मेरा बा मा,बादी होईनन् । बा सँग कलम देख्या छु बन्दुक होइन ।

गाउँमा माओबादी आउन छाडेका थिएनन् । आउँदा काँधमा चामलका गुन्टा बोकेर आएका हुन्थे, जादा दाईहरुको काधमा बन्दुक भिरेर लैजान्थे । गन्हाउने गोल्डस्टार जुत्ताले घरनै गन्हाउने हुन्यो । भान्सा हाम्रो मात्र थिएन , उनिहरुको पनि थियो । आगनभरी थरीथरीका बन्दुक सहित भरीभराउ हुन्थे । कुनै बन्दुक गाउँकै राजेदाइले बनकुखुरा हान्ने जस्तो हुन्थ्यो । कुनै प्वालैप्वाल भा’का ठूला ।

बन्दुक कत्तिको गह्रुङ्गो हुन्छ होला ? छुँदा कस्तो होला ?पड्काउदा झन् कति मजा आउला ? म सँग बन्दुक भए मलाइ जिस्काइरहने परी गाँउको हर्केलाई छात्तिमै मै हान्थेँ । यस्तैयस्तै जिज्ञासा र रहरहरु खेलिरहन्थे , यो दिमागमा । ती रहर पुरा हुन आफै बन्दुक समाउनप¥थ्यो तर सानै थिए । कोहिले त गाउँका दाइहरु बटुलेर बन्दुक समाउन र ग्रिनेड पड्काउन सिकाउथे । हामी भने लुकिलुकि उत्सुकताका साथ हेर्ने ग¥थ्यौ । एउटाले ग्रिनेड दाँततिर लादै टोकेजस्तो भावले भन्दै थियो “हेर केटा हो यसभित्र सानो सुइरो हुन्छ, त्यसलाइ टोकेर फालेपछि, पड्कन्छ । यीनीहरुले त्यो हाम्रै बारीमा पड्काए हुन्थ्यो जस्तो लाग्थ्यो । तर त्यो कहिल्यै हुन्थ्यो भयो भएन । कोहि भने आगनमा घाम तापेर केहि लेखिरहेका हुन्थे । यस्तो लाग्थ्यो तिनिहरु घरमा चिड्ढी लेखिरहेका छन् त्यो चिठि पाएर आमा बा खुसी हुदाहुन् या दुःखी ?
राति वेला वेला–वेलामा झस्किरहन्थे । उठेर बा तिर छामछुम गर्थे । बा’कमे आकृति स्पर्श भएपछि ढुक्कले निदाउँथे । यस्तो लाग्थ्यो कतै बा’लाई रातिनै लाने त होइनन ?

बा, गाउँकै स्कुलको शिक्षण । मा’बादिलाई बास दिने, खुवाउने, सुझाब –सल्लाह आदि दिने भएकोले बा माओवादिका नामले चिनिनु भएको थियो । मलाई मा’बादिको छोरा भन्थे । म झनै उक्सेर जबाफ दिन्थेँ, “म सँग बन्दुक छ, हान्दिउँ ।”

गाउँमा सि.आइ.डि आईरहन्थे । नयाँ मान्छे आउने वित्तिकै सि.आइ.डि भनेर चिन्थ्यौँ । हेलिकप्टर लिएर हाम्रो घर, बारी नरिँगाएका होइनन् । एकचोटि त्यस्तै भयो । बारीमा पर्म थियो, त्यसैबेला हेलिकप्टर हाम्रो बारीतिर घुम्न थाल्यो । धन्न दिदिले बा’लाई डोको भित्र थुनेर मजेत्रोले ढाकिदिनुभएको थियो । नत्र के हुन्थ्यो होला ?

माओवादिलाई पाल्नु पर्छ भनेर गाउँका आफन्तहरुपनि आएका थिए । सुराकि पनि गर्थे अरे । बा’लाई खोज्दै सेनाका हूल नआएका होइनन्, बा नभागेका पनि होइन । कहिले त दश–पन्ध्र दिन नै घर आएनुहुन्थ्ोन । आँखा जुधाजुध भए पनि भेट्टाउन भने सकेका थिएनन् । राति सपनामा कहिलेकाहिँ सबै सेनालाई एक्लै मारेको देख्थेँ । अनि खुसीको सिमै रहन्थेन् ।

एकचोटिको कुरा होः दुई तीन जना माओवादिकै सरहरुले माओवादि बाल संगठन बनाइदिनुभो । पदका बिषयमा कोषाध्यक्षको बन्ने भन्दा मैले सोझै हात उठाएको थिएँ । अनि म बनेँ निर्विवादःकोषाध्यक्ष । बेलुका राँको बालेर नारा सहित जुलुस पनि निकालियो । “ने.क.पा माओवदि, जिन्दावाद । जनमुक्ति सेना, जिन्दावाद”

त्यसकारण त्यो रात आमाको दह्रो गालि खाएको थिएँ । बाले भने सम्झाउनुभयो । त्यसपछि त कोषाधक्ष्य बिनाको कोष र कोष बिनाको कोषधक्ष्य हुने यो । बा बाहिर गएका बेला आमाले सम्झाइरहनुहुन्थ्यो, “यहि कोहि नचिनेका मान्छे आए र मिठाई दिएर तेरा बा खोई भनेछन् भने मधेश जानुभाछ भन् है । मैले पनि त्यहि भन्थँे ।

सेना पनि आउन छाडेनन्, बा पनि भाग्न छाड्नुभएन । यस्तै क्रम चल्दै गयो । घरीघरी बा काकाहरुसँग कुरा गर्दा भन्नुहुन्थ्यो ,“ चुनौति डरलाग्दा आए, तर कहिल्यै डराइएन । डरले लखेट्छ तर भेट्टउदैन । म मरे यिनिहरुले के गर्लान् ?” मलाई डरले होईन यीनीहरुको मायाले भगाउछ । पारी खरबारीबाट आउँदै गरेका लामबद्ध बन्दुकधारीहरु देखेपछि उनिहरुको पोशाकमै आँखा गड्थे । आखिर हरियो छ या निलो ? मा’बादी हुन् या सेना । हरियो य्भए ढुक्क निलो भए जुरुक्क !