कथा-ऊ,ईन्टरनेट र म - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कथा-ऊ,ईन्टरनेट र म



–अन्जना के.सी.
“हेलो” !
“हेलो हाउ आर यु ?”
आई एम फाइन्, एण्ड यु ?
मि टु ..तपाईँ कहाँबाट ?
म….काडमाण्डौ, एण्ड यु ?
आई एम प्रदेशी ।
तर कहाँ ?
म यु.ए.ई.

यसरी सुरु भएको थियो हामी बिचको सम्बन्ध । थाहा थिएन नवीन को हो । नत उसलाई नै थाहा थियो । म को हुँ । न त हाम्रो भौंतिक भेटघाट नै थियो । तर लाग्दथ्यो हामी एक अर्काको सम्पर्क विना बाच्न सक्दैनौ । धित मरुन्जेल हेर्यौं हामी एक अर्काको अनहार वयम क्याम्पमा र सन्तुष्ट हन्थ्यौं । मनभरि उत्पन्न भावनाहरू साटासाट गरेर च्याटको माध्यमबाट लाग्थ्उयो हामी बिचको मित्रता युगौं देखि पुरानो थियो । तर त्यो त भावना थियो मेरो, यर्थाथमा……मात्र केही महिना बितेको थियो । मेरो बिहे भएको । प्रेम विवाह थियो । मेरो दीप सँग । विवाह पछि प्रेम सुखमा विताएका थियौँ । केही दिन भए पनि हामीले त्यो परम सुखलाई छिनेर दीपलाई बाहिर जानु पर्ने भयो, पाल्न र पालिनको लागि । उ पैसा कमाउने अन्धबेशले विदेश गएको केही अवधिमै म मेरो प्रेमलाई विर्सियो । सम्पर्क नै हुन छाड्यो दीप सँग । मेरा दिनहरू झनै कष्टकर हुन थाले । निस्क्रीया जीवन बाच्दै थिए म । मेरा चाहाना इच्छा अनि आकाँक्षाहरु मरी सकेका थिएनन् सुसुप्त अवस्थामा थिए । जसले एउटा जीवन्त परिवेश खोजिरहेका थिए । सक्रिया जीवनका लागि मैले दीप प्रति गर्ने प्रेम त्याग समर्पनले आफैलाई जिस्क्याएको महसुस गथ्र्यो । म चाहान्थे मलाई दीपले एक पल पनि नछाडोस् ।

तर हामी बिचको विवस्ता………….। उसले मलाई मात्र छाडेन म सँगै मेरा हरेक आकाँक्षाहरुलाई लत्याएर उ बिरानो, भयो । सम्पर्क विहिन भयो ………..। जीवन जसरी पनि जिउनै पर्दोरहेछ ।आँखा अगाडि हरेक दिन छाइरहे कालो बादल, मानसिक पिडा भौतिक कठिनाइ र अभाव जसका करणले सृजित मेरो अब्यक्त अवस्था । म आफू जीवन सार्थक नरहेको महसुस गर्थे । अपरिचित भिडमा रुमलिदै जाँदा । इन्टरनेटलाई परिचित मित्र बनाए । आफ्ना पिडा भुल्ने माध्यम बनाए मैले इन्टरनेटलाई त्यही क्रममा भेट भएको थियो मेरो नवीन सँग नवीन र म बिच यस्तो मोडहरु आइदिए जुन मोडलाई नै भौतिक रूपमा अँगालन सके नत मनबाट गलहत्याउ नै । हामी एक अर्काको नेट सम्पर्कमा रह्यौं सधैँ । दुई दिनमात्र भेटहुन सकेन भने उ भन्ने गर्दथ्यो । “कता हराएको रिजु ? सम्झना आएन यो प्रदेशीको ? त्यस्तो होइन नवीन म अलि बेस्त भए कि ले साइवर आउन सकेन मैले भन्थे मैले मेरो यथार्थतालाई लुकाएकी थिएन मैले पटक पटक भनेकी थिए । म विवाही त नारी हुँ । उसले मेरो गम्भीर तर्कलाई हल्का ढङ्गले उडाई दिन्थ्यो । उसको भावले उ मेरो बस्तविकतालाई विश्वास गर्न सकिरहेको छैन । जस्तो झल्किन्थ्यो । भन्थ्यो ठठ्टा नगरन तिम्रा हरेक ठठ्टाले मेरो मस्टिष्कमा गहिरो असर छोडेर जान्छ जुन मेरो सम्बेदनशिलता हो । सायद उसको आगमनले पनि छोयो । मेरो सम्बेदनशिल मनलाई ‘हृदयलाई म ओझेलमा पार्न चाहान्थे । मेरा पिडादायक विगत स्मृतिबाट सामिप्य बढिरहेको थियो । धेरै नजिक आइरहेको थियो हामी बिचको दुरी मैले तिमी मेरो असल मित्र हौ । जसले हरेक पलमा साथ दिन सक्छौ र सक्नु पर्छ । हामी एक अर्काले भन्दै आएकी थिए । र उ पनि भन्ने गथ्र्यो जीवनका २८ औ. वसन्तमा आइपुग्दा मात्र मेरो एउटा केटी साथी भेटीए कि छौ । जसका कारणले म आफूलाई भाग्यमानीको दर्जामा राख्न हिचकिचाएको छैन । म पनि झस्किन्थे उसका कुराले सबै भन्दा उ प्रति आकृष्ट हुनुको कारण उसले महिलाहरू प्रति गर्ने सम्मानजनक व्यवहार नै थियो ।

ऊ सँगको चिनजानी धेरै पुरानो अनि निकट हुँदा सम्म पनि उसले मलाई कहिल्यै नराम्रो सबै र नराम्रो दृष्टिले हेरेन । त्यो विशेषताका कारण नै म उसको सामिप्य भए हुँला उसलाई नचाहेरै अनौठो प्रेम गर्न थालिसके थिए, अप्रत्यासित । नत उसलाई अपनाउन नै सक्थे किन कि मैले त मेरो दीपलाई प्रेम गर्थे उसलाई भन्दा बढी प्रेम । २ वर्षे लामो प्रेम सम्बन्धलाई केही समय अघि मात्र विवाहमा रूपान्तरण गरेका थियौँ हामीले दीपले भुले पनि अनि म अरू कसै सँग नजिकिए पनि ती सब संयोग थिए मात्र संयोग …….। मैले धेरै माया गर्थे दीपलाई र मलाई चाहाना थिएन म अरू कसैकि बनु । तर पनि सक्दैनथे नवीन सँगको सामिप्यलाई भुल्न झन् पछि झन् हामी बिचको असल मित्रताले दरो रूप लिन थालेको थियो । झाङ्गीदै गइरहेको थियो, म आफूलाई बडो मुस्किलले समालिएकी थिए । किन कि त्यहाँ संहालिन जरुरी थियो । म आफै संहालिएर नवीनलाई सम्हाल्नु पर्ने जिम्मेवारी बोधको आभास मेरो मनलाई भइरहन्थे किन कि उ अव बेहोसीमै बर्वराउन थालेको थियो । भन्थ्यो तिमी विना कुनै अस्तित्व छैन मेरो । म हामी बिचको मित्रतालाई बिहेमा परिनत गर्न चाहान्छु, त्यसैले अव केही दिन भित्र नेपाल आउदैछु । केवल तिमीलाई पाउनको लागि तिमी मात्र मेरो प्रथम अनि अन्तिम सही मित्र वा पत्नी हुन सक्छ्यौ ।” म आफूलाई पनि नमिठो सपनाबाट ब्युझिए झैँ गरी झस्किए म उसलाई सम्झाउन खोज्छु– तिमी मेरो कुरा सुन, तिमी तिम्रो पागल पनबाट बाहिर आऊ, तिमी यथार्थको धरातलमा टेक्न सिक । किन मेरा कुनै कुरालाई वास्ता गर्दैनौ ? आज तिमीले सुन्नै पर्छ मेरा कुराहरू ……………….छ ।

साइवर क्याफ्यामा वेस्त युवा युवतीहरु मस्कि मस्कि कुरा गर्दै थिए कोक फ्यान्टाका बोटलहरु अगाडि ठड्याएर बयम क्याम्प मिलाउनेहरुको जमात पनि प्रसस्तै थियो । क्याफ्यामा बजेको, तिमीले साथ छोडिदिदा मेरो के हाल भएको छ………..। भन्ने गीतले रहेक तरुनी तन्नेरीको मनमा भावना उथलपुथल गरी मच्चिएको थियो । म आफू पनि गीत अनि सबै वेस्त अनुहारलाई हेर्दै त्यही वेस्त बनाउने जमर्काे गर्दै थिए । अव त २ घण्टा बिती सकेको छ । नवीन सँग आज सबै कुरा फत्य नगरी घर नफर्कने अठोट गरी र आग्रह गरे नवीनलाई पनि अझै १ घण्टा बस्नु पर्छ । प्लिज नवीन आज म धेरै कुरा गर्दै छु, गम्भीर कुरा । तिमीले आज आफ्ना जिद्धि छोडेर मेरो कुरा सन्नै पर्छ । “ ल भन के भन्न चाहान्छौं ……एक वर्ष पछि बिहे गरौला मात्र भन्न खोजेकी त हौली होइन ? …..होइन नवीन । त्यसो होइन विल्कुल फरक छ । मैले भन्न खोजेको कुरा तिमी म सँग किन ठठ्टा गर्छौ । ल नढाति भन त तिमीले मलाई कुन रूपमा माया गर्छौ ? मैले कुरा निकाल्नलाई जिस्किएको भावमा सोधे तिमीले जुन रूपमा थानेकि छौ । त्यस रूपमा मैले भनी सके कि तिमीलाई म …………। तिमीलाई बस एउटा राम्रो साथी मात्र मान्न सक्छु । त्यो भन्दा पर म केही गर्न वा सोच्न सक्दिन । मित्रता भित्र प्रेम हुँदैन भन्ने थानेकि छौ तिमी । हामी मित्र हौँ राम्रो मित्र यही मित्रताको दिगो रूप हो विवाह अर्थात् अनन्त सम्म सँगै जिउने सँझौता–त्यही सँझौता म तिमी सँग गर्न चाहान्छु । अनायासै भावुकता चढेको थियो उस्मा । म भने किंकर्तब्य विमुख तिर भएकी थिए । तर पनि आफूलाई कठोर बनाउदै उसका कुरालाई वास्ता नगरी आफ्नो भनाइहरु राख्न थाले तिमी मेरो आत्मीए मित्र हौ ।

आत्मा भित्र माया ममता स्नेह सबै पर्छन् । मेरो शब्दकोशमा माया ममताको जुन अर्थ छ प्रेमको त्यो भन्दा फरक अर्थ छ नवीन । म तिमीलाई माया गर्छु तिमी प्रति माया ममता स्नेह छ । ममा तर त्यसको अर्थ यो नबुझकि म तिमी सँग बिहे गर्छु । किन कि म बिहे भइसकेकि नारी अर्थात् कसैकी पत्नी हुँ तिमीलाई मैले पटक पटक भनेकी छु । मेरो भनाइलाई कुन रूपमा लियौ त्यो तिम्रो आफ्नो कुरा हाम्रो सामीप्ताले तिमीमा म प्रति कुनै आकर्षण जन्माएको भए त्यो तिम्रो भ्रम हो । जुन प्रत्येक महिला वा पुरुष मित्रहरू बिच देखि नै गरेको छ । मेरा आँखा भरि आँसु छचल्किएको थियो । क्याम्प बन्द गरे छातीमा पत्थर जमाएर म त्यहाँ निर्दही बनेकि थिए । म विवश थिए किन कि ……यदि मैले नवीनले भने अनुरूप गरेभने झनै ठुलो पाप हुन सक्थ्यो । जुन पापबाट म सातौ जनम सम्म पनि मुक्ति पाउने थिएन । मैले भने नवीन हाम्रो मित्रता यो अवस्थामा पुगेर टुटेको अर्थात् टुङ्गीएको पनि होइन चाहान्न तिम्रो लागि मेरो मन भित्र छुट्टै स्थान छ । अत्यन्तै मधुर जो सधैँ रहरहने छ । एक आत्मीय भित्रको रूपमा……………..। भइगो चुप लाग पुग्यो त्यस भन्दा केही नवोल म सुन्न सक्दिन धेरै पछि बोल्यौ क्ष्लभ यगत गरेर फरार भयौ । सादय आज सम्मको अवधिमा साइवरमा बसेको लामो अवधि त्यही थियो । साधे ३ घण्टा ………। म घर फर्किदा रात परिसकेको थियो । रातभरि छटपटि भयो । उसलाई म आघात प्रेम गर्थे तर पनि अर्को बिहे गरेर महाभूल गर्न पनि सक्दैनथे । साइवर जाने बानी परेको थियो मलाई भोलि पल्ट पनि दिउसो तिर जाने मन लिएर छिरे साइवरमा प्याक रहेछ । एक छिन कुरे पालो आयो म्यासेन्जर खोले एउटा मेल आएको जानकारी प्राप्त भयो । मेल खोले “सदा खुसी रहु”भन्ने शीर्षकमा उही नवीनको मेल रहेछ । जहाँ पाँच साइजमा राता अक्षरले लेखिएको थियो ।

रिजु
सर्वप्रथम तिमीलाई दाम्पत्य जीवन सफल रहोस् भन्ने शुभकामना …….. गल्ती मेरै थियो तिम्रो होइन । तिमीले पटक–पटक भन्दा पनि मैले एकोहोरो प्रेम गरेको थिए । किन कि तिमीले म विवाहीत हु भनेर झुट बोलेकी छौ भन्ने लागेको थियो । तिम्रो फोटो हेर्दा अनि तिम्रो क्याम्प हेर्दा मलाई त्यीतो लाग्दैनथ्यो । र उमेरले पनि तिमी धेरै सानी लाग्थ्यो । झन् पठ्दै गरेको जानकारीले गर्दा मैले विश्वास गर्न सकिन हिजो मैले तिम्रा कुरा सुन्ने सामथ्र्य जुताउन सफल भइन । किन मेरो मुटु बज्रिएको थियो मन थाम्न नसकेर रन्थनीएको थिए । किन कि मेरो मेरो मनलेत साचो अर्थमा तिमीलाई रोजेको थियो । पहिलो पटक प्रेम गरेको थियो पूर्ण समर्पित तर त्यसको बदलामा पाए पिडा खयर भरिजु म तिम्रो हर खुसी र सुख देख्न चाहान्छु । तर म आफौलाइ प्रमुन गरिरहेको छु । खै मेरो अस्तित्व ? अब्यक्त डर लाग्छ । मलाइ मेरो जीवन देखि अनि मान्छेहरू देखि अति हरेक सम्बन्धहरु देखि म आज गहिरो मानसिक आधारतको बिचबाट गुज्रिएको छु ।आवुकताका लहरहरुले मेरो सपनाहरुलाई म बाट बगाएर लगे यो कस्तो नियती हो । खोजिरहेको छु म यती बेला सम्बन्धको अर्थ प्रेमको परिभाषा शायद तिमीले अव बुझाइ दियौ,माया,प्रेम अनि सम्पूर्णको अर्थ आज महुसुस गरे मानसिक आद्यात जिन्दगीको पहिलो पल्ट भयानक असहज एवम् पीडादायक ……… मानिस किन पागल हुन्छ ? किन आत्म घाती निर्णय गर्छ त्यो सबै कुराको जानकारी गरायौ ।

विचलन उठाई दियौ शून्यता हराई दियौ मलाई थाह छ तिमी खुसी छौ । र अझै चाहन्छु तिमी खुसी रहुँ । तिम्रो पतिको अँगालोमा बाँधिदै आउँदा देख्ने छु मैले तर तिमीले चिन्ने छैनौ मैले आजबाटै जीवन भर बिहे नगर्ने निर्णय गरेको छु । किन कि म चाहान्न तिम्रो याद मेरो मस्तिष्कबाट फारार होस् तिमीले माया गरेनौत के भो तिमीले म सँग लामो नाटक ग¥यौ त के भो । जे ग¥यौ ठिकै ग¥यौ । मेरो निमित्ति साह्रै भलो ग¥यौ । किन मैले म आफू पं्रेम अनि नारी जातीलाई चिन्ने मौका त पाएँ साथै प्यारमा मान्छेको मन कस्तो हुन्छ । त्यो पनि थाहा पाए हुनत म अव बाच्दिन भन्न मन लागेको थियो । तर म भन्दिन किन कि तिमीले मलाई रूपान्तरण गरायौ । वास्तविक धरातलमा उभ्याइदियौ । त्यसैले तिमीलाई धेरै धेरै धन्याबाद
उही नवीन
मैले पढे मनको घाउ निचोरियो फेरी एक पटक आँखाबाट बगेका आँसु रुमाल झिकेर पुछे । अनायासै मोढिए पाइलाहरू शून्य देरातिर …………………………………

तपाई पनि आफ्ना रचना हिमाल पोस्टमा प्रकाशित गर्न  चाहानु हुन्छ भने मेल गर्नुहोला [email protected] धन्यवाद ।