काठमाडौंका सर्वसाधारणको गुनासो - 'यहि ताल हो भने मतगणना १ महिनामा पनि सकिन्न' - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

काठमाडौंका सर्वसाधारणको गुनासो – ‘यहि ताल हो भने मतगणना १ महिनामा पनि सकिन्न’



जेठ २ काठमाडौं

 

आईतवार भएको स्थानिय तह निर्वाचनको विभिन्न जिल्लाका नतिजा सार्वजनिक भै रहंदा राजधानी काठमाडौंमा भने करिब १३ सय मत मात्र गनिएको छ । ३ वडा रहेको काठमाडौंमा असाध्यै सुस्त गतिमा मतगणना हुँदा मतदान गरेका सर्वसाधारण भने यहि गती हो भने १ महिनामा पनि मत गणना नसकिने भन्दै गुनासो गरिरहेका छन् ।

अत्यन्त सुस्त गतीमा मतगणना भएपछि केहि समय अधिबाट ३ स्थानमा बसेर काठमाडौंको मतगणना सुरु गरिएको छ । हिजोको तुलनामा आज सर्वसाधारणको चाप राष्ट्रिय सभा गृहमा बढेको छ । सबैमा उत्सुकता देखिएपनि मत गणनाको जानकारी पत्रकारहरुलाई लामो समयमा दिईएको छ जसमा कसले कती मत प्राप्त गर्यो भन्नेमा खासै फेरबदल देखिएको छैन ।वडा नम्वर १ को मतगणना नै नसकी ३२ नम्बर वडाको मतगणना भर्खरै सुरु गरिएको छ ।

प्राप्त जानकारी अनुसार मेयर पदका उमेद्वारको मत परिणाम यस्तो छ

 

  • कांग्रेस – राजुराज जोशी – ५४७
  • एमाले – बिद्यासुन्दर शाक्य – ३४८
  • साझा पार्टी – किशोर थापा- २२०
  • विवेकशिल- रञ्जु दर्शना – २१५
  • माओवादी केन्द्र -सर्वोत्तम डंगोल -२३
  • नयाँ शक्ती – पवित्र बज्राचार्य – १८