क्विक्स कपकाे प्रतिस्पर्धाका लागी कैलालीको महिला फुटबल टोलि काठमाडौं प्रस्थान - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

क्विक्स कपकाे प्रतिस्पर्धाका लागी कैलालीको महिला फुटबल टोलि काठमाडौं प्रस्थान



कैलाली । सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशकाे प्रतिनिधित्व गर्दै कैलालीको महिला फुटबल टोलि क्विक्स कप २०७६ काे प्रतिशपर्धा गर्न काठमाडौं प्रस्थान गरेकाे छ । गौरीगंगा नगरपालिका वडा नं ९ मा रहेकाे महादेव माध्यमिक विद्यालयकाे छात्रा टाेली आज काठमाडौं प्रस्थान गरेकाे हाे ।

सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश स्तरिय विद्यालय महिला फुटबल प्रतियाेगितामा प्रथम हुदै महादेव मा. वि. क्विक्स कपमा स्थान बनाएकाे थियोे । आईतवारबाट सुरु हुने प्रतियाेगितामा १२ वटा टिमकाे प्रतिशपर्धा हुने छ ।

महादेव मा. वि. काे टिमले हिमा रावतकाे कप्तानिमा सोमबार पहिले खेल खेल्ने छ । १८ जना खेलाडीसहित गौरीगंगा नगरपालिका वडा नं ९ का अध्यक्ष हरि प्रसाद तिवारी , मसुरिया फुटबल एकेडेमीका अध्यक्ष ध्वज खाति , प्रशिक्षक मिलन ओली र विद्यालयका प्र अ खडक मन्नी गरि २२ जनाको टोलि काठमाडौ प्रस्थान गरेकाे छ ।