काठमाडौं १ बाट रविन्द्र मिश्र र ५ बाट उज्जवल थापा चुनाब लड्ने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

काठमाडौं १ बाट रविन्द्र मिश्र र ५ बाट उज्जवल थापा चुनाब लड्ने



काठमाडौं, असोज २३।

विवेकशील साझा पार्टीले आगामी मंसिरमा हुने प्रतिनिधीसभाका लागि काठमाडौं क्षेत्र नं. १ वाट पार्टीका सहसंयोजक रवीन्द्र मिश्र र क्षेत्र नं. ५ वाट सहसंयोजक उज्जवल थापालाई उम्मेदवार बनाउने भएको छ ।

उम्मेदवार छनोट समितिले सिफारिस गरेको नाम केन्द्रीय समितिले अनुमोदन गर्नु पर्नेछ । विवेकशील साझा पार्टीकको केन्द्रीय समितिको बैठक सोमबार बस्दैछ । सो बैठकले काठमाडौंका २ क्षेत्र अतिरिक्त देशका अन्य स्थानका लागि उम्मेदवारको टुंगो लगाउने विवेहशील साझा पार्टीले जनाएको छ ।

पार्टीका सहसंयोज थापाले दोस्रो संविधानसभामा काठमाडौं क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका थिए । यसपटक पनि उनी क्षेत्र नं. ५ बाटै उम्मेदवार बन्ने भएका हुन ।

लामो समय पत्रकारिता क्षेत्रमा विताएको चर्चित पत्रकार मिश्र बिबिसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर राजनीतिमा आएका हुन ।

काठमाडौं क्षेत्र नं. १ मा नेपाली कांग्रेसबाट यसअघि पनि चुनाब जित्दै आएको प्रकाशमान सिंह उम्मेदवार बन्ने निश्चित छ । भने एमाले–माओवादी गठबन्धनबाट को उम्मेदवार बन्ने भन्ने अहिले सम्म टुंगो लागेको छैन ।