विप्लव माओबादीको बन्दले उपत्यका ठप्प - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

विप्लव माओबादीको बन्दले उपत्यका ठप्प



काठमाडौँ /नेत्र विक्रम चन्द विप्लव नेतृत्वको माओवादी पार्टीका जनवर्गीय संगठनले बिहिबार उपत्यका बन्दको घोषणा गरेका छन् । यस क्रममा बन्द गराउन हिँडेका पार्टीका ११ जना कार्यकता राजधानीबाट पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी सिद्धिविक्रम शाहले  दिएको जानकारी अनुसार राजधानीका विभिन्न क्षेत्रबाट बिहान ४ बजेतिर उनीहरु पक्राउ परेका हुन् ।

शाहका अनुसार बागबजार क्षेत्रबाट ५ जना, बबरमहल क्षेत्रबाट ३ तथा नयाँ बजार क्षेत्रबाट ३ जना बन्दकर्ता पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा कृष्ण सेवा, केस सन्जेल, प्रदिप जंग शाही, लोकेश विश्वकर्मा, राम बहादुर विश्वकर्मा, सुरज खड्का, राजन गिरी, सरोज पराजुली लगायत छन् ।

उनका अनुसार हालसम्म आगजनी र तोडफोडजस्ता कुनै अप्रिय घटना हुन दिइएको छैन ।

बन्द घोषणापछि राजधानीमा उच्च सुरक्षा सतर्कता अपानाइएको छ । प्रहरी बिहानै देखि राजधानीका मुख्य चोकमा तैनाथ छन् भने बारम्बार गस्ती गरिरहेका छन् ।

पेट्रोलियम पदार्थमा भएको मुल्यबुद्धिको विरोधमा विप्लव नेतत्वको माअ‍ोवादीका जनवर्गीय संगठनले बुधवार उपत्याका बन्दको घोषणा गरेको हाे ।