काभ्रेमा बस दुर्घटना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

काभ्रेमा बस दुर्घटना



काभ्रे – काभ्रेको भुम्लु गाउँपालिका ८ मा माइक्रो बस दुर्घटना हुँंदा १८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको कातिकेदेउरालिबाट काठमाडौंतर्फ आउँदै गरेको बा १ ज ८९७६ नम्बरको माइक्रो बस शनिबार बिहान साढे ११ भुम्लु गाउँपालिका ८ बरबोटमा दुर्घटना भएको हो।

प्रहरीले उक्त माइक्रो बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ । माइक्रो बस सडकबाट करिब एक सय पचास मिटर तल पुगेको छ । दुर्घटनाका घाइतेको उद्दार गरि उपचारको लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार घाइते मध्ये एक पुरुष, एक महिला र दुई बालबालिकाको अवस्था गम्भीर रहेको बताए।