गुल्मीमा प्रदर्शन कायमै,चन्द्र,टोपबहादुर,प्रदिप र गोकर्णले सभा सम्भोधन गर्ने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

गुल्मीमा प्रदर्शन कायमै,चन्द्र,टोपबहादुर,प्रदिप र गोकर्णले सभा सम्भोधन गर्ने



गुल्मी, मंसिर २७ – संविधान संशोधन मार्फत ५ नम्बर प्रदेशलाई टुक्र्याउन खोजेको विरोधमा गुल्मीमा सोमबार १३ औँ दिन पनि बन्द छ । लगातारको बन्दले जनजीवन कष्टकर बनेको छ । बन्दका कारण बजार, उद्योग कलकारखाना खुलेका छैनन् भने गाडी पनि चलेका छैनन् ।

आन्दोलनकारीले दिनहुँ जिल्ला प्रशासन र जिल्ला विकास समितिको कार्यालय अगाडि धर्ना दिँदै आएका छन् । संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले जिल्लामा फरक फरक प्रकृतिका आन्दोलन गरेर प्रदर्शन गर्दै आएको छ । संयुक्त आन्दोलन परिचालन संघर्ष समितिको आयोजनामा सोमबार सदरमुकाम विरोध सभा गर्ने तयारी गरेको छ ।

सभालाई कांग्रेसका चन्द्र भण्डारी, माओवादीका टोपबहादुर रायमाझी, एमालेका प्रदिप ज्ञवाली, गोकर्ण विष्ट लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताउनुभएको छ । पाल्पा, अर्घाखाँची, कपिलवस्तु लगायत जिल्लामा बन्द खुले पनि प्रदर्शन कायमै छ ।