काजु मिउरा: जसलाई किर्तिमान बनाउन उमेरले छेकेन - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

काजु मिउरा: जसलाई किर्तिमान बनाउन उमेरले छेकेन



एजेन्सी –जापानिज फुटबल खेलाडी काजु मिउराका नाममा थुप्रै कीर्तिमान छन् । अझै केहि कीर्तिमान उनका नाममा थपिने सम्भावना छ । तर, उनले खेल छाडेका छैनन् । उनले योकोहामा एफसीसँग अर्को एक वर्षका लागि सम्झौता गरेका छन् ।

नयाँ सम्झौताको अर्थ अब उनले सोही क्लबमा रहँदा आफ्नो ५३ जन्म दिन मनाउनेछन् । फब्रुअरी २६ मा उनी ५३ औं वर्षमा प्रवेश गर्नेछन् । ‘मैले यसका लागि हरेक दिन मेहनत गरेको छु । मेरो लागि यो गर्वको विषय हो,’ मिउराले भने,‘ म फुटबलमा रमाउन चाहन्छु । टोलीको जितका लागि आफ्नो तर्फबाट हर सम्भव प्रयास गर्नेछु ।’

गत सिजन भने उनले टोलीका लागि उल्लेख योगदान गर्न सकेनन् । ५ खेलमा २ सय ३३ मिनेट मैदानमा बिताएका उनले गोल गर्न सकेनन् । त्यसका बावजुद टोली जापनिज फुटबलको माथिल्लो श्रेणीमा पुग्न सफल भएको छ । यसको अर्थ मिउरा अब जे लिगमा खेल्नेछन् । सन् २००७ पछि उनी पहिलो पटक शीर्ष डिभिजनमा खेल्नेछन् ।

पछिल्लो पटक उनले ४० को उमेरमा जे लिग खेलेका थिए । सन् १९९० देखि एक दशक जापानको राष्ट्रिय फुटबल टोलीबाट खेलेका मिउरा देशका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचिमा दोस्रो स्थानमा छन् । उनले ८९ खेलमा ५५ गोल गरेका छन् ।