के दिएका छैनन् नेपालीहरूले भारतलाई ? - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

के दिएका छैनन् नेपालीहरूले भारतलाई ?



बाबु रोका मगर

पुर्खौ देखि लिएर अहिले सम्म नेपालीहरूले भारतलाई दिएको योगदान भारतले नेपाललाई कहिल्यै फिर्ता दिन सक्ने हैसियत छैन  । भारतको विस्तारवादी नीतिले जति भारतमा कार्यरत नेपालीहरूलाई रुवाएको छ त्यति नै आक्रोशित बनाएको छ एउटा हातमा लडडु देखाउने अर्को हातमा तलवार ।

आज भारत र भारतीयहरु जुन अवस्थामा छन् अथवा आफूलाई शक्तिशाली ठान्छन त्यो सबै हामी नेपालीहरूको देन हो र यसमा हाम्रो ठुलो योगदान रहेको छ । चिन,पाकिस्तान र बंगलादेशहरुको सिमानामा २४ सै घण्टा आफ्नो जिउज्यान थाति राखेर भारतको रक्षा गरिरहेका छन्  । त्यति मात्रै होइन हरेक घर ,कोठी, अफिस, दफ्तर ,फ्याक्ट्री ,कम्पनी आदि इत्यादिहरुमा नेपालीहरूको इमान्दारिता र विश्वासिलो कामले भारतीय हरुलाई उभो लगाएका छौ । सिमानामा गोर्खाली फौज, घर ,कोठी ,फ़्याक्ट्रिहरुमा चौकीदारको भूमिकामा आफ्नो कर्तव्य निभाइरहेका छन् जसको कारण भारतीयहरु आनन्द सँग निदाउन पाएका छन्  ।

बदलामा भारतीयहरुले नेपालीहरूलाई हेर्ने दृष्टिकोण बेग्लै छ नेपालीहरुमाथि तुच्छ व्यवहार गर्ने उनीहरूको हेपाहापनले हामी नेपालीहरूलाई अझै आक्रोश बनाएको छ तरपनि चुपचाप उनीहरूको दमन र शोषण को सिकार बनेका छौ कारण नेपाली राजनेताहरुको फितलो राजनीति जुन राजनीतिलाई अहिलेका नेताहरूले कमाइ खाने भाँडो बनाएका छन्  ।

हामी भारतको विरुद्ध फेसबुकको भित्तामा नारा जुलुस खुब लगाउछौ विरोध जताउछौ खबरदारी गर्दै ठुला-ठुला धम्किपनि दिने गर्छौ तर त्यसलाई हकिकतमा उतार्न कसैको हिम्मत जागेको छैन ।रातारात सिमानाका पिल्लरहरु सरेको सरेछन सिमानामा बस्ने नेपालीहरू डर अनि त्रास मा बाँचिरहेका छन् हामी उनीहरूको दमन विरुद्ध बोल्न अनि रोक्न सक्दैनौ किन ? किनकि भारत बिना नेपालीहरूको केहिपनि चल्दैन ? आफू सँग भएका जग्गा जमिनलाई प्लाटिङ्गमा सक्दै छौँ युवा शक्तिलाई विदेश पठाएका छौ अनि बालबालिका र बुढाबुढिले बन्छ त देश ?

भारतलाई पश्चिम को कांगडा पूर्वमा टिस्टा पनि दियौ गोर्खाली सैनिक दियौ लेवर पनि दियौ, कानमा तेल हालेर बसेका छौँ हातमा दही जमाएर बसेका छौँ सामान्य जनता देखि लिएर नेता गोता सम्म का ब्याक्तिहरुले उनीहरूको तलुवा चाटेर बसेका छौँ यो भन्दा पनि अरू के दिनु पर्‍यो र ? अब जति बचेको भू-भाग छ र नेपाल देशलाई भारतको स्टेट बनाउन दिन बाँकी छ यस्तो गल्ती कहिल्यै नहोस | स्मरण रहोस् हामीहरू कुनै पनि नेपालीले आफ्नो ब्याक्तिगत स्वार्थको लागि आफ्नो पहिचान नै मेटेनि गरी सिङ्गो देशलाई दाउमा नलगाऔं | अब हामीले दिने होइन लिउने हो पहिचान सहित खोशिएका लुटिएका ती हाम्रा भू-भागहरु  ।

अन्तमा भारतीयहरुले पनि नेपाली र नेपालीहरूले गरेको कार्यलाई सम्मान गरोस ताकी दुवै देश र जनता बिच सम्बन्ध सधैँ प्रगढ बनोस जिन्दाबाद र मुर्दावाद देखेस र पखेस नबनोस  ।

लेखक:-नेपाल पत्रकार महासङ्घ भारतका केन्द्रीय संस्थापक सदस्य र नेपाली देशभक्त  आवाजका   संस्थापक प्रतिनिधि पनि हुन ।