राष्ट्रियसभा निर्वाचन: भोट हाल्नै आएनन् केहि मतदाता - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

राष्ट्रियसभा निर्वाचन: भोट हाल्नै आएनन् केहि मतदाता



विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नम्बर–१ मा स्थानीय तहका दुई प्रतिनिधि र एकजना प्रदेशसभा सदस्य मतदानमा अनुपस्थित भएका छन् ।

स्थानीय तहतर्फ २७० र प्रदेशसभा सदस्यतर्फ ९१ मत खसेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवनकाश्यप अधिकारीले जानकारी दिए ।

बुधबार विराटनगर बाली संरक्षण केन्द्र र प्रदेश निर्वाचन कार्यालयमा भएको मतदानमा झापाको गौरीगन्ज गाउँपालिकाका प्रमुख बाबुरामका श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की अनुपस्थित भए । श्रेष्ठ छोरीको विवाह र कार्की स्वास्थ्यसम्बन्धी समस्याका कारण मत खसाल्न नआएको बताइएको छ ।

प्रहरीको खोजी सूचीमा रहेकी नेकपा (एमाले)की सांसद गुलेफुन मिया पनि मत हाल्न आइनन् ।

प्रदेश–१ बाट तीन राष्ट्रियसभा सदस्यका लागि आठ उमेदवार चुनावी मैदानमा छन् । सत्ता गठबन्धनका तर्फबाट खुलातर्फ नेपाली कांग्रेसका गोपाल बस्नेत, महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई र अल्पसंख्यक वा अपांगता भएका कोटातर्फ जनता समाजवादी पार्टी (जसपा)का हेमराज राई उमेदवार छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का तर्फबाट खुलातर्फ गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा उमेदवार छन् । राप्रपाबाट अमर बिष्ट र रन्जु प्याकुरेल पनि चुनावी मैदानमा छन् ।