केजरीवालले दिल्लीमा ह्याट्रिक गर्नुको रहस्य के हो ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

केजरीवालले दिल्लीमा ह्याट्रिक गर्नुको रहस्य के हो ?



एजेन्सी– दिल्लीका जनताले एक पटक फेरि सत्ताको साँचो आम आदमी पार्टीका अध्यक्ष अरविन्द केजरीवाललाई सुम्पिएका छन्।

गत शनिबार दिल्लीमा विधानसभाका ७० सिटका लागि निर्वाचन सम्पन्न भएको थियो। सोमबार सार्वजनिक भएको निर्वाचन परिणाम अनुसार आम आदमीले ७० सिट मध्ये ६२ सिटमा जित हासिल गरेको छ।

केन्द्रीय सत्ता चलाइरहेको भाजपाले भने केवल ८ सिटमा चित्त बुझाएको छ। अन्य कुनै पनि दलले दिल्लीमा खाता खोल्न सकेनन्।

लोकसभा निर्वाचनमा भारी बहुमतका साथ दोस्रो पटक केन्द्रको सत्ता पुगेको भाजपालाई केजरीवाल नेतृत्वको आम आदमीले ठूलो झट्का दिएको छ।

जसरी लोकसभा चुनावमा भाजपाले नरेन्द्र मोदीलाई अघि सारेको थियो, आम आदमीले पनि दिल्लीमा केजरीवाललाई त्यही तरिकाले अघि सार्‍यो।

दिल्लीमा आम आदमीको मुख्य प्रतिस्पर्धीको रुपमा हेरिएको भाजपाले चुनावअघि मुख्यमन्त्रीको रुपमा कसैलाई पनि अघि सार्न सकेन।

यसको सोझो फाइदा आम आदमीलाई भएको बताइएको छ। किनकी आम आदमीले केजरीवाललाई नै मुख्यमन्त्रीको रुपमा अघि सारेर चुनावमा होमिएको थियो।

केजरीवालले तीन वर्षअघि २०१७ देखि नै चुनाव लक्षित कार्यक्रम अघि सारेको सरोकारवाला बताउँछन्।

यसका कारण आम आदमीको आम नागरिकसँगको सम्बन्ध बलियो बन्दै गयो। यसको परिणाम चुनावको नतिजामा स्पष्ट देखिएको छ।

केजरीवाल सरकारले सार्वजनिक बस तथा रेलमा महिला तथा छात्राहरुका लागि निशुल्क यात्राको समेत व्यस्था गर्‍यो।

दिल्लीको कुल जनसंख्याको करिब १४ प्रतिशत मुस्लिम समुदाय रहेको तथ्यांक छ। उनीहरुको भोट पनि आम आदमीलाई नै गएको हुनसक्ने विश्लेषण गरिएको छ।

आखिर को हुन् त केजरीवाल ?

हाल दिल्लीका मुख्यमन्त्री रहेका अरविन्द केजरीवालको जन्म सन् १९६८ अगष्ट १६ हरियाणाको सिवनीमा भएको थियो।

उनी मेकानिकल इन्जिनियरिङमा आफ्नो अध्ययन पूरा गरेपछि सरकारी सेवामा प्रवेश गरेका थिए। उनले भारतको राजश्व सेवामा काम गरेका थिए।

सन् १९९९ मा उनले परिवर्तन नामको एउटा गैरसरकारी संस्थाको स्थापना गरे जसको मुख्य उद्देश्य आम नागिरकलाई विजुली, आयकर र खाद्यान्नसम्बन्धी सहयोग गर्नु थियो।

उनलाई कमजोर आय भएका मानिसहरुको सशक्तिकरणमा पुर्‍याएको योगदानको सम्मान गर्दै सन् २००६ मा एसियाको नोवेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार समेत प्रदान गरिएको थियो।

लामो समयसम्म भ्रष्टाचारविरुद्धको अभियानमा संलग्न रहेका केजरीवालले सन् २०१२ मा आम आदमी पार्टी (आप)को गठन गरेका थिए।

सन् २०१३ मा भएको दिल्ली विधानसभा निर्वाचनमा उनको पार्टी आम आदमीले ७० मध्ये २८ सिटमा जित हात पारेको थियो।

त्यतिवेला उनले कांग्रेसको समर्थनमा दिल्लीमा सरकार बनाएका थिए। तर उनी लामोसमयसम्म सत्तामा रहन सकेनन्।

दिल्लीमा फेरि २०१५ मा विधानसभा चुनाव भयो। उक्त चुनावमा ७० मध्ये ६७ सिट जित्दै उनी फरि दिल्लीको सत्तामा पुगेका थिए। जतिवेलामा भाजपा ३ सिटमा खुम्चिएको थियो।