सरकारी कार्यालयबाट नेताहरूको फोटो हटाउन मुख्यमन्त्री केजरिवालको निर्देशन - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सरकारी कार्यालयबाट नेताहरूको फोटो हटाउन मुख्यमन्त्री केजरिवालको निर्देशन



एजेन्सी – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सबै सरकारी कार्यालयमा नेताहरूको फोटो हटाउन निर्देशन दिएका छन् । केजरीवालले नेताहरूको फोटो हटाएर भगतसिंह र भीमराव अम्बेडकरको तस्बिर राख्न निर्देशन दिएका छन्।

आज सामाजिक सञ्जाल ट्विटरमा निर्देशन दिँदै केजरीवालले कुनै राजनेताको होइन, संविधान निर्माता अम्बेडकर र क्रान्तिकारी भगतसिंहको तस्बिर लगाउनु पर्ने बताएका हुन्।

उनले भनेका छन्, ‘अब कुनै पनि मुख्यमन्त्री र मन्त्रीको तस्बिर कार्यालयमा हुने छैन।’ भारतमा महात्मा गान्धी, जवाहरलाल नेहरु र मुख्यमन्त्रीहरुको तस्बिर कार्यालयमा राख्ने प्रचलन छ।