केजरीवालले भने: लकडाउनमा गीता पढेर बस्नु - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

केजरीवालले भने: लकडाउनमा गीता पढेर बस्नु



एजेन्सी – कोरोना भाइरस रोकथामका लागि विभिन्न देशमा लकडाउनको घोषणा गरिएको छ । भारतमा पनि सरकारले २१ दिने लकडाउन लगाएको छ ।

यहीबीचमा दिल्लीका मुख्यमन्त्रीले लकडाउनमा मानिसहरुलाई गीता पढ्न सुझाव दिएका छन् ।

‘अहिले घरमा रहनु भनेको नै देशभक्ति हो,’ उनले भनेका छन्, ‘मेरो घरमा त अब गीता पढ्न थालिएको छ, तपाईंहरुले पनि गीता पढ्दा हुन्छ ।’

उनले कोरोना निकै खतरानक भएको भन्दै यसबाट बच्न सबै सचेत हुनु पर्ने पनि बताएका छन् ।