केन्द्र र प्रदेशको अलगअलग मतपत्र छाप्नुपरे निर्वाचन गर्न सकिँदैन : प्रमुख निर्वाचन आयुक्त यादव - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

केन्द्र र प्रदेशको अलगअलग मतपत्र छाप्नुपरे निर्वाचन गर्न सकिँदैन : प्रमुख निर्वाचन आयुक्त यादव



काठमाडौं, ८ कार्तिक ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ अलग अलग मतपत्र छाप्न नसकिने बताएका छन् ।

निर्वाचन आयोगले एउटै मतपत्र छाप्ने निर्णय गरेकै दिन सर्वोच्चले दिएको कारण देखाउ आदेशमा प्रत्यक्षतर्फ अलग अलग मतपत्र छाप्नु पर्ने बाध्यात्मक व्यवस्था भएको बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवले पत्रकार ऋषि धमलासँगको कुराकानीमा भने,“सर्वोच्चको बाध्यकारी आदेश आयो, हामीले पर्सीदेखि मतपत्र छाप्ने काम सुरु गर्दैछौं, अब प्रदेश र प्रतिनिधि सभा तर्फको अलग अलग मतपत्र छाप्न सकिँदैन, छाप्नुपर्यो भने चुनाव हुँदैन्।”