भारतमा ठुलो बाढीः ९ को मृत्यु, २० बेपत्ता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भारतमा ठुलो बाढीः ९ को मृत्यु, २० बेपत्ता



भारतको दक्षिण राज्य केरलामा भारी वर्षा कारण आएको बाढीले जनजीवन प्रभावित भएको छ। शुक्रवारदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण ९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

बाढीसँगै आएको पहिरोका कारण कतिपय स्थानमा सडकमार्ग अवरुद्ध भएका छन्। बाढीमा परी दर्जनौं घाइते र हराइरहेका छन्। प्रहरीले र सेनाले बाढी प्रभावित क्षेत्रमा उद्धारकार्य गरिरहेका छन्।