हलिउड अभिनेत्री ऋणले डुबेर सडकमा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

हलिउड अभिनेत्री ऋणले डुबेर सडकमा



एजेन्सी । हलिउड अभिनेत्री केटी प्राइस अचानक सडकमा आइपुगेकी छिन् । लन्डनको एउटा अदालतले उनलाई ‘बैक करप्ट’ घोषित गरिदिएको छ ।

उनले चेतावनीका बावजुद बैंकको हजारौं पाउन्ड चुक्ता गरेकी थिइनन् । उनीमाथि बैंकको कुल कर्जा ६ सय करोड रुपैयाँ भन्दा बढी छ ।

पाँच सन्तानकी आमा तथा मोडल केटीले आफ्नो सक्सेक्सस्थित मकी मेन्सन नामको आलिशान बंगलासमेत गुमाउने सम्भावना रहेको छ ।

केटी प्राइसले उक्त बंगला सन् २०१४ मा करीब १३ लाख युरोमा किनेकी थिइन् । उक्त बंगलाको हालको मूल्य १६ लाख युरो भन्दा बढी हुने बताइएको छ ।

बैंकको ऋण चुक्ता नगरेको आरोपमा उनको यो बंगला नै लिलामीको प्रक्रियामा छ ।

यसैलाई बेचेर यी अभिनेत्रीद्वारा लिइएको ऋण चुक्ता गर्ने बैंकको योजना छ ।