खै त लोकतन्त्रको मुल्य मान्यतालाई अबलम्बन गरेको ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

खै त लोकतन्त्रको मुल्य मान्यतालाई अबलम्बन गरेको ?



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

बिक्रम संबत २०६२/६३ सालको २१ दिनको बिशाल लोकतान्त्रिक आन्दोलनले देशको मुहारलाई नै परिवर्तन गराउन खोजे पनि ती सबै कुराहरू भावना र कल्पनामा मात्र सिमित भए खासै भन्नु पर्दा ब्यबहारमा लागु भएन।आन्दोलनमा आफ्नो जीवनको आहुँति दिनु हुने ती अमर शहिदहरू प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै सम्पूर्ण नेपाली जनहरूमा लोकतन्त्र दिवशको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।ब्यबस्था र निति फेरीए पनि देशको बागडोर सम्हाल्नेहरूको बिचार फेरीएन।देशबाट राजतन्त्रको अन्त्य भए पनि सयौ राजाहरू जन्मिए र ती राजाहरूले नेपाली जनता माथि निरङ्कुशता लादि रहेका छन।राजा गयो राष्ट्रपति आयो तर कार्य शैलीमा कुनै परिवर्तन आएन।जनताको जीवन स्तरमा खासै परिवर्तनका रेखाहरू देखिएन।

स्वर्गीय गिरीजा प्रसाद कोईरालाको नेतृत्वमा बनेको सात दलसंग आबद्ध रहेका नेपाली जनताहरू र नागरीक समाजका अगुवाई गर्नेहरूले कयौ दिन सम्म दु:ख कष्ट गरेर स्थापना गर्न सफल भएको लोकतन्त्रलाई अबलम्बन गर्नुको साटो तिरस्कार गरी ती शहिदहरू र लोकतन्त्र दिवशलाई नै भुली रहेका छन नेतृत्व बर्गहरू।आखिर लोकतन्त्रको मुल्य र मान्यतालाई नै अबलम्बन नगर्ने हो भने किन जनतालाई शहिद बन्न बाध्य गराए।माओबादीको १० बर्षे जनयुद्धले थकित बनाएको देशलाई लोकतन्त्रले हरा भरा बनाउने भन्दै पसिना र रगतको मुल्य चुकाउदै जीवन समर्पण गर्ने ती शहिदका परिवार सामु बोल्ने साहस छ त नेपालका नेतालाई?कुर्ची मोहकै कारण पहिलो संबिधान सभा चुनावबाट संबिधान लेखनमा प्रष्ट मार्ग चित्र तय गर्न नसक्दा २०७० सालमा दोस्रो संबिधान सभा चुनाव गर्न नेपाल बाध्य भएको थियो।त्यहि ७० को संबिधान सभा चुनाव भए पछि शुशिल कोईरालाको नेतृत्व रहेको सरकारले२०७२ सालमा संबिधान बनाउन सफल त भयो तर अझै संशोधन नामको हलो अड्काएर संबिधान नै लागु गर्न सकिएको छैन।

नेपालमा लोकतन्त्र आएको पनि १० बर्ष भयो तर खै त जनतामा लोकतन्त्रको आभाष?के यहि हो त लोकतन्त्र?लोकतन्त्रको परिभाषा जनताले नबुझेका हुन या नेताहरूले?भन्ने बेलामा चाहि संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल भन्ने तर ब्यबहारमा चाहै खै त ?संघीयताको नारा खोक्नेहरूको आखाँमा मोति बिन्दु भयो या जल बिन्दु कि बोली नै बन्द भए?लोकतन्त्रले देशलाई के दिन खोजेको थियो र हामीले के लिन चाहेका थियौ भन्ने कुरा बीचको मत भेदले नै यस्तो अबस्था सृजित भएको लाग्छ।जता ततै राजनिति हस्तक्षेप,भ्रष्ट्राचारले जरो गाडी रहेको छ।जब सम्म यस्ता कुराको अन्त्य देशबाट हुँदैन तब सम्म देशमा लोकतन्त्र आएको कुनै अर्थ नै रहदैन।कागजमा लोकतन्त्र आए पनि ब्यबहारमा आएन।