खबरदार ! जनतालाई भेडॉ सँझने नेता आफै भेडॉ बन्दै छन् - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

खबरदार ! जनतालाई भेडॉ सँझने नेता आफै भेडॉ बन्दै छन्



विष्णु सापाकोटा

प्रदेश नं ५ टुक्रयाउन पाइदैन भन्ने नारा का साथ आज आन्दोलनको ९ औँ दिनका दिन बिहान ९ बजे देखी ११ बजे सम्म जिल्ला प्रशानको गेटमा सङ्घर्ष समितिका संयोजक एवं नेपाली कॉग्रेस गुल्मीका सभापति भूवन प्रसाद श्रेष्ठ को नेतृत्वमा सबै राजनीतिक दल , भातृसँघ सँगठनहरू , उ बा सङ्घ गुल्मी लगाएतका सङ्घ सस्थाहरूका प्रतिनिधिहरू , लोकदोहरी प्रतिष्ठानका लुम्बिनी अँचल उपाध्यक्ष र जिल्ला अधक्ष्य लगाएतका पदाधिकारीहरूले सँबन्धित गीतहरूबाट सॉकेतिक विरोध गरेका थिए । ब्यपारी ब्यबशाहिहरू गृहेणी महिलाहरू , पत्रकारहरू , रेडियो टि बि का प्रतिनिधिहरू सबैको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी को प्रवेश निषेध गरेर बजार नै ठप्प गरेका थिए । ११ बजे देखी १ बजे सम्म बिस्राम लिएर १ / ३० देखी ४ बजे सम्म महिलाहरूकै नेतृत्वमा थाल ठटाएर बजार परिक्रम पछि लाकुरी मञ्च तम्घासमा विरोध सभामा परिणत गरी सङ्घर्ष समितिका संयोजक भूवन प्रसाद श्रेष्ठको अधक्ष्यतामा महिला लोकतान्त्रिक सञ्जाल गुल्मीका अधक्ष्य बिष्णुकुमारी सापकोटाको प्रमुख भूमिकामा मन्तव्य कार्यक्रममा महिला लोकतान्त्रिक सँजालका अधक्ष्य विष्णु कुमारी सापकोटा , अन्तरपाटी सँजालका प्रतिनिधि ललिता गौतम , समाजसेवी नन्दराम भुशाल , लोकदोहरी प्रतिष्ठान गुल्मीका अधक्ष्य जनक पन्थ , डिपलब माअोबादी सचिबालयका सदस्य खिम खड्का लगाएतले आन्दोलको सँबोधन गरेका थिए भने उक्त कार्यक्रमको सञ्चालन पत्रकार गङ्गा खड्काले गरेको कार्यक्रमा सबैलाई सरकारको यो व्यवहारले दुखी मात्र् बनाएन रूष्ट पनि बनाएकोछ।15450916_734327296723734_237983587_n

नेपाली कॉग्रेसले २००३ साल देखी जनताका हक अधिकारका लागी तत्कालीन राणा महाराजाहरूका विरुद्ध पटक पटक उठाएका आवाजहरू र २००४ साल को नेपालको पहिलो संविधान संशोधन गर्दै २०१५ सालमा नेपाली कॉग्रेसको नेतृत्वमा बनाएको संविधान , २०१७ साल पुष १ गते पहिलो निर्बाचि प्रधान मन्त्री बिशेश्वर प्रसाद कोइरालाको सरकारलाई अपध्वस्थ गरी २०१९ मा राजा महेन्द्रले बनाएको संविधान र संशोधन , जनआन्दोलन २०४६ पछिको २०४७ को जनप्रतिनिधि बाट संवैधानिक राजा सहितको संविधान र ०६२ / ६३ को गणतान्त्रिक र लोकतान्त्रि आन्दोलन पछिको अन्तरिम संविधान २०६३ , नेपाली जनताका प्रतिनिधि बाट नेपाली जनताको चाहना अनुरूप नेपाली जनतालाई रैती बाट नागरिकको आवास दिलाउने नेपालको संविधान २०६३ आदि सँबिधानहरूलाइ नेपालको संवैधानिक इतिहासलाई हेर्दा कुनै न कुनै बाहनामा पटक पटक तुहाउने प्रयास नभएका होइनन् ।15401328_734327206723743_892331415_n

सत्ता र शक्तिको प्रयोग गरेर ब्याक्तिगत र पार्टीगत स्वार्थ र फाइदाका लागी हाम्रा देशका नेतृत्व सम्हालेका पछिल्ला केही नेता जी हरू जे पनि गर्न तयार भएको देखियो । अब त लाग्न थाल्यो की लोकतन्त्र मात्र होइन यो देश नेपाल नै खतरा तिर लम्किएको पो हो की .. । साच्चीकै शङ्काको विषय हुन लागेकोछ नेपाली जनहरू। धनकुटाको कार्यक्रममा नेपाली कॉग्रेसका नेता डा शेखर कोइरालाले प्रदेश नं ५ का जनताहरूको भावनामा ठेस लाग्ने कुरा गर्नु हुँदैन। लोकतन्त्र भनेको नै जनचाहाना अनुरूप चलाउने शासन हो ! सबै समस्याहरूको समाधान पनि हुन्छ मात्र सँयम् भएर खोज्नुपर्छ र निकास निकाल्नुपर्छ भनेका थिए ।

यो पनि भनेका थिए की आज यो देश अराजक तिर जान लाग्दैछ । आज यो देशका संवेदनशील अँगहरू व्यवस्थापिका , कार्यपालिका र न्यायपालिका माथि नै अराजक निर्णयहरू हुन थालेकाछन् भन्ने कुराको स प्रमाण सहित बोलेका थिए मात्र होइन यस प्रति सबै लाई सतर्क र संवेदनशील भएर अगाडि बढ्न आब्हान पनि गरेका थिए । यसरी देश आज जटिल परिस्थितिमा गुज्रीरहेको अवस्थामा हामी भाइ भाइ मिली बसेको अवस्थामा हिमाल पहाड तराई लाई बिभाजित गरी हाम्र मनस्थितिमा चोट पुर्‍याउने जो कोही नेतालाई मान्नु पर्छ भन्ने छैन । यही धारणा बोकेर गुल्मेली जनताहरू पार्टी भन्दा राष्ट ठुलो भन्ने नारा बोकेर सडकमा उत्रेकाछन्।

नुशासनको कार्बाहि गर्छु भन्ने नेताहरू पहिला आफू अनुशासित बन्नु पर्‍यो। अब नेपाली जनता धेरै सचेत र बुद्धिजीवी भैसकेका छन् न की कसैको तानाशाही व्यवहारलाई शहिरनेछन् । खबरदार ! जनतालाई भेडॉ सँझने नेता  आफै भेडॉ बन्दै छन् ।

लेखक नेपाल महिला सङ्घ गुल्मी की सभापति हुन