खै कहाँ छ हाम्रो राष्ट्रियता ? हिमाल ,पहाड या तराई ! - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

खै कहाँ छ हाम्रो राष्ट्रियता ? हिमाल ,पहाड या तराई !



योगेन्द्र गौतम

अनिकालमा राष्ट्रियता खोजिरहेको छु हिमाल पहाड़ तराई लेख बेसी कुना कन्दरा डाफे मुनाल गुराश गाई र माटो लाई सोधिरहेको छु काहा छ मेरो राष्ट्रियता । द्वन्दले  खायोकी गोलीले उडायो की विदेशी ले झुकायो की नेताले टुटायो अवशरबादी र स्वार्थबादी ले फुटायो की कसैले लुकायो की आफ्नै मनमा सोचिरहेछु मन मस्तिष्कमा खोजिरहेको छु मेरो स्वाभिमानमा मेरो राष्ट्रियता ।

लोकतंत्रको नाम जपिरहेछन तर लोकतंत्रको नीति थाहा छैन यिनीहरू लाई मात्र आफ्नो स्वार्थ मा तल्लीन छन् । जनता भोक रोग र शोकले मरिरहेका छन् जनताका हिमायती भनाउदा नेताहरू जाड रक्खी सुरा सुन्दरी भ्रष्टाचार र अराजकतामा रमाइरहेका छन् ।

इमान विश्वास एकता स्वच्छता निष्पक्षता आदर्शता मानब्ता र शान्तिको खडेरी परिरहेको छ यिनीहरुमा काहाबाट हुन्छ संरक्षण राष्ट्रियताको । जनता भेडा संझिन्छन यिनीहरू , हुन पनि हामी भेडा भन्दा फरक छैनौ । दुई दिनको मिठो भाषणमा राशन खोजिरहका हुन्छौ मात्र दुई दिनको भाषणमा तर भविष्य सोचदैनौ यही नै हाम्रो कमजोरी हो जुन कमजोरी को फाइदा नक्कली राष्ट्रबादी हरू ले उठाइरहेका छन् र देशमा बिखण्डताको अलाप पुकारी रहेका छन् मदेशी पाहाडी को नाउमा हामी लाई आपसमा लडाई रहेका छन् जाती रही धर्मको नाउमा हामी बिच संप्रदायिक युद्ध भडकाउने कोसिस गरिरहेका छन् ।

विदेशी प्रभुत्वबाद र स्वदेशी लम्पसारबाद को आरोप यिनीहरू मा लागि रहेको छ । हामी गरिब नागरिकों पसिनाबाट अर्जेको र विदेशमा रोजगारदाता नेपालीहरूले राज्यलाई अरबौ रेमिटेन्स तिरेको धनबाट विदेशमा घुमीरहेका छन् याहा भने भूकम्प पीडित र बाढी पीडित भोक र शोकले मरिरहेका छन् ।

काहा छ लोकतंत्र काहा छ समाजवाद झुठा नारा दिएर गुमराह मा राखेर तिनै नागरिक बाट लोकतंत्रको भोट मागने रोड जनप्रतिनिधि बन्ने नेता भनाउदा हरू जिते पछि तिनै नागरिक का बिच नजाने जाड रक्सी र सुरा सुन्दरी मा रमाउने अनि विदेश मात्र भ्रमण गर्ने काहा बाट हुन्छ देश को विकास , काहा बाट बन्छ स्वच्छ समाज ।