खैरो हेरोइन सहित नेपाली सेनाका एक जवान पक्राउ - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

खैरो हेरोइन सहित नेपाली सेनाका एक जवान पक्राउ



काठमाडौं । अवैध लागुऔषध ‘खैरो हेरोइन’ सहित नेपाली सेनामा कार्यरत एक जवान पक्राउ छन् ।

पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ स्थायी घर भई नेपाली सेनाको ललिपुरस्थित ब्यारेकमा कार्यरत २४ वर्षीय ऐकन्द्र शाही रहेको प्रहरीले जनाएको छ । उनी काठमाडौं–२६ स्थित सगरमाथा गेष्ट हाउसबाट पक्राउ परेका हुन् ।

शाहीसँगै लागुऔषध कारोबारमा संलग्न कैलालीको घोडाघोडी नगरपालिका ६ का २३ वर्षीय कृष्ण भण्डारीलाई पनि प्रहरीले शनिवार नियन्त्रणमा लिएको छ । उनीहरुको साथबाट २२ ग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।