स्थानीय युवाद्बारा क्वारेन्टाइनमा बसेकालाई खाजा वितरण - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

स्थानीय युवाद्बारा क्वारेन्टाइनमा बसेकालाई खाजा वितरण



विशाल पाण्डेय / सुखड,कैलाली । घोडाघोडी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा वितरण गरिएको छ । घोडाघोडी नगरपालिका-४ का स्थानीय युवाहरुले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई मंगलबार खाजा वितरण गरेका हुन् ।

वडा नं ४ को विभिन्न विद्यालयमा संचालनमा ल्याइएको क्वारेन्टाइनमा बसोबास गर्ने करिब २ सय जना मानिसहरूलाई खाजा वितरण गरिएको स्थानीय तथा व्यवसायी गणेश शाहिले बताए । महामारीको अवस्थामा एक अर्काको आलोचना भन्दा पनि जनता र सरकार एक जुट भई बिपदको सामना गर्नु पर्ने बताउदै आपतकालिन अवस्थामा आफुहरुले सानो भएपनि सहयोग स्वरुप खाजा उपलब्ध गराउन पाएकोमा शाहिले खुशी व्यक्त गरेका छन् । शाहिले यो कामलाई निरन्तरता दिने समेत बताए ।

युवाहरु मिलेर आर्थिक संकलल गरी क्वारेन्टाइनमा बसेकाहरुलाई खाजा खुवाएको अर्का युवा गोपाल रोकायाले बताए । उनले सबैले आ–आफ्नो ठाउँमा सक्ने सहयोग गरेमा कुनै पनि नागरिकले भोको मर्नुपर्ने अवस्था नआउने बताए । स्थानीय युवा गणेश शाही ,गोपाल रोकाया सहित जया रोकाया ,डबल शाही ,बम बहादुर रोकाया, बिवेक राना, दिपक जोशी र प्रकाश सन्ज्यालले संयुक्तरुपमा नास्ता वितरण गरेका हुन् ।

क्वारेन्टाइनमा नास्ता उपलब्ध गराएकोमा क्वारेन्टाइनमा बसोबास गर्ने मानिसहरूले धन्यवाद व्यक्त गरेका छन् । उनीहरुले सरकारले क्वारेन्टाइनमा खाना तथा नास्ताहरु नखुवाएको बेलामा युवाहरूले उदाहरणीय कार्य गरेको बताए । वडा नं ४ को लालीगुराँस मावी गैडाखेडा , जनज्योति मावी , नवप्रभात मावी माघी लगायतका विद्यालयको क्वारेन्टाइनमा रहेका मानिसलाई नास्ता वितरण गरिएको हो ।