क्वारेन्टाइनमा खाजा वितरण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

क्वारेन्टाइनमा खाजा वितरण



विशाल पाण्डेय / सुखड,कैलाली ।

कैलालीको घोडाघोडी नगरपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा बसेकाहरुलाई खाजा खुवाइएको छ । राष्ट्रिय उच्च माध्यमिक विद्यालय सुखड तथा घोडाघोडी क्याम्पसमा बसेका करिब २ सय ५० जनालाई खाजा स्वरुप चना अण्डा वितरण गरिएको हो ।

घोडाघोडी उद्योग वाणिज्य संघका भुतपुर्व सदस्य तथा तरुण दलका युवा नेता राजेश हमाल र युवा संघका नेता तथा रोयल हाइड्रो कन्ट्रक्सनका एम डि सुरेन्द्र शाहीको सहयोगमा उपलब्ध भएको खाजालाई घोडाघोडी क्लबका युवाहरुको समन्वयमा वितरण गरिएको हो ।

आपतकालिन अवस्थामा सरकारमात्र नभई जनताको पनि आफ्नो जिम्मेवारी हुने भएकाले खाजा उपलब्ध गराएको तरुण दलका युवा नेता हमालले बताए । यस्तो अवस्थामा एक अर्काको आलोचना भन्दा पनि जनता र सरकार एक जुट भई बिपदको सामना गर्नु पर्ने हमालले बताए ।

क्वारेन्टाइनमा नास्ता उपलब्ध गराएकोमा क्वारेन्टाइनमा बसोबास गर्ने मानिसहरूले धन्यवाद व्यक्त गरेका छन् । उनीहरुले सरकारले क्वारेन्टाइनमा खाना तथा नास्ताहरु नखुवाएको बेलामा युवाहरूले उदाहरण कार्य गरेको बताए । हमाल र शाही कामको सिलसिलामा हाल काठमाडौंमा बस्दै आइरहेका छन् ।