क्वारेन्टाइनमा बसेकालाई खाजा खुवाउँदै युवा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

क्वारेन्टाइनमा बसेकालाई खाजा खुवाउँदै युवा



सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका स्थित क्वारेनटाइमा बसेकाहरुलाइ खाजा खुवाउने कार्य भइरहेको छ । सामाजिक कार्यमा सक्रिय युवाहरु यो कार्यमा सक्रिय भएर लागि परेका छन ।

क्वारेन्टाइनमा बस्नेहरलाइ नगरपालिकाले खानाको व्यवस्थापन गर्न नसकेपछि उनीहरू घरबाट नै खाना ल्याएर खाइरहेका छन । यसैबिच जन उत्थान तथा चुरे संरक्षण विकास मञ्चले घोडाघोडी नगरपालिका- ८ को क्वारेनटाइनमा बसेकाहरलाइ खाजा खुवाउने कार्य सुरु गरेको छ ।

स्थानीय सरकारले विभिन्न सरकारी विद्यालयमा भारतबाट आएका मानिसलाई बस्ने व्यवस्थासहित क्वारेन्टाइन बनाएको छ । उनीहरूको व्यवस्थापनमा समस्या देखिएपछि खाजा खुवाउने कार्यमा सक्रिय भएको जन उत्थान तथा चुरे संरक्षण विकास मञ्चका संयोजक सुनिल केसिले बताए ।

मञ्चले ‘अन्नदान महादान’ भन्ने नारा सहित ‘मुठ्ठि दान महादान’ कार्यक्रम अभियान सुरु गरेको छ । सोहि अभियान अन्तर्गत वडा नं ८ मेलघट्टी मावि दिपनगर र जनप्रगतिशिल आधारभुत विद्यालय डोडापारी रहेका १ सय ५० जनालाइ खाजा खुवाइएको संयोजक केसिले जानकारी दिए ।

सहयोगि हातहरु मेलघट्टी मा बि दिपनगरका प्राध्यापक खडक कठायत,वडा नं ८ दिपनगरका समासेवि हर्ष बहादुर रोकायाको सहयोग बाट क्वारेनटाइनमा बसेकाहरलाइ पहिलो दिन चना आलु र पानि खुवाइएको छ । खाजा खुवाउने कार्यमा वडा नं ८ का वडाध्यक्ष भिम बोगटी पनि सहभागि भएका थिए । युवा समाजसेवि दिनेश बम,सुनिल ऐर,लिलाराम अधिकारी,पारस बुढाथोकि,जगत थापा,धिरेन्द् बम,बिष्णु सुबेदि लगायतका युवाहरु यस कार्यमा संलग्न भएका छन । खाजा खुवाउने कार्यको आज सुरुवात भएको बताउदै संयोजक सुनिल केसिले भने,आज सुरुवात गरेका छौेंं ,यसलाइ निरन्तरता दिनेछौं ।