गृहमन्त्री बालकृष्ण खाणको संसदीय यात्रामा ब्रेक ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गृहमन्त्री बालकृष्ण खाणको संसदीय यात्रामा ब्रेक !



रुपन्देही क्षेत्र नं३ मा ८४ हजार ७४ मतगणना हुँदा राप्रपाका दीपक बोहोरोले निरन्तर अग्रता कायम राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार राप्रपाका दिपक बोहोराले ३२ हजार ८ सय ४८ मत ल्याएर अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेसका बालकृष्ण खाणले ३१ हजार ६ मतका साथ पछ्याउँदै छन् ।

अब खाणलाई जित्न कठिन देखिएको छ । अहिले ३ वटा वडाको बाँकी मत गणना भइरहेको छ ।

यसैगरी प्रदेश सभा सदस्यमा एमालेका तुलसी प्रसाद चौधरीले१३ हजार ४२२ मतले अग्रता लिएका छन् भने नेपाली कांग्रेसका रामचन्द्र ढकालले १३ हजार ३६७ मतका साथ पछ्याइरहेका छन् ।

अब करिब छ हजार मत गणना बाँकी रहेको छ । आज १२ बजेसम्म मतगणना सम्पन्न हुने निर्वाचन कार्यालयले जनाएको छ।