‘साम्यवाद ल्याउन खोजे राजा झैं वामपन्थी पनि लोप हुन्छन : खाँण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

‘साम्यवाद ल्याउन खोजे राजा झैं वामपन्थी पनि लोप हुन्छन : खाँण



काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रचार प्रसार समितिका संयोजक बालकृष्ण खाँणले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियता र सिके राउतको आन्दोलन उस्तै भएको आरोप लगाएका छन् । उनले विकास निर्माणका आयोजना निर्माण गर्न विदेसी कम्पनी आउँदा विरोध गर्ने, मुलुक समृद्ध बनाउन कुनै कार्यक्रम अघि सारेमा बिरोध गर्ने ओली राष्ट्रवादी नेता हुनै नसक्ने दाबी गरे ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका विषयमा विहिबार काठमाडौंमा आयोजित रुपन्देहीका पार्टी नेता कार्यकर्तासँगको अन्र्तक्रियामा खाँणले पहिला तत्कालिन राजा ज्ञानेन्द्रले संसदीय व्यवस्थाको सिमारेखा पार गर्न खोज्दा सिद्धिएको बताउदै अहिले कम्युनिष्ट गठबन्धनले जनप्रतिनिधिले जारी गरेको संविधानमा उल्लेखित संसदीय व्यवस्था परिवर्तन गर्न खोजे सिद्धिने दावी गरे । साथै उनले वाम गठबन्धनप्रति संकेत गर्दै नेपालमा एकतन्त्रीय शासन चाहने जो सुकै शक्तिको अभिष्ट पुरा नहुने बताए ।

‘संबैधानिक राजतन्त्रको सिमारेखा पार गरी बहुदलीय व्यवस्थाको खिलापमा लागेर एकतन्त्रीय शाशन लाद्न खोज्दा तत्कालिन राजा ज्ञानेन्द्रले राजसस्थाको अस्तित्व समाप्त पारे,’ खाणले भने ‘अहिले एमाले र माओवादी केन्द्रले संविधानसभामा जारी गरेको संविधानमा रहेको संसदीय व्यवस्था परिवर्तन गरी १० वर्षमा साम्यवाद ल्याउने उदघोष गरिरहेका छन् । साम्यवादी व्यवस्था भनेको एकतन्त्रीय शाशन पद्धती हो । नेपाली जनताले एकतन्त्रीय शासन व्यवस्था चाहदैनन्, त्यसैले उनीहरुपनि संसदीय व्यवस्था बदल्ने एजेण्डा लिएर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गए भने सिद्धिन्ने पक्का छ ।’