खानेपानी ट्याङ्कीको शिलान्यास - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

खानेपानी ट्याङ्कीको शिलान्यास



विशाल पाण्डेय / सुखड,कैलाली ।
दरख सुखड खानेपानीले अन्डरग्राउण्ड खानेपानी ट्याङ्कीको शिलान्यास गरेको छ । सुदुर पश्चिम प्रदेशका प्रदेश सभा सदस्य अमर बहादुर साउदले मंगलबार एक अनौपचारिक कार्यक्रमकाबिच शिलान्यास गरेका हुन् ।

स्थानीयहरुको खानेपानीको समस्यालाई मध्यनजर गर्दै उक्त खानेपानी ट्याङ्की निर्माण गर्न लागिएको हो । नगरपालिकामा खानेपानीको अभाव भएको हुँदा पुर्वाधार विकास कोषको सहयोगमा साडेपानी वितरण केन्द्रमा अन्डर ग्राउन्ड खानेपानी ट्याङ्कीको निर्माण गर्न लागिएको दरख सुखड खानेपानीका सचीव टेकराज आचार्यले बताए ।

घोडाघोडीका विभिन्न वडामा खानेपानीको अभाव भएको हुँदा आर्थिक बर्ष २०७६/०७७ को सांसद विकास कोष बाट ५५ लाख बराबरको सहयोगमा खानेपानी ट्याङ्कीको निर्माण गर्न लागिएको प्रदेश सभा सदस्य साउदले जानकारी दिए । उनले घोडाघोडीमा संरचनाको अभाव र क्षमताले थेग्न नसकेपछि खानेपानीको अभाव भएको हुँदा अन्डर ग्राउन्ड खानेपानी ट्याङ्की निर्माण गर्न लागिएको बताए ।

खानेपानीका अध्यक्ष निरज मल्लले सांसद विकास कोष बाट घोडाघोडी नगरपालिका- २ साडेपानीमा करिब ५ लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गर्न लागिएको बताए । उनले असार मसान्तसम्म सक्ने गरि उक्त ट्याङ्की निर्माण गर्न लागिएको र केहिदिन भित्र पुन: सुखडमा जिल्ला समन्वय समितिको ४१ लाख लगानीमा ५ लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गरिने समेत जानकारी दिए । यस संस्थाले नगरपालिकाका विभिन्न ठाउँमा करिब ३ हजार घरधुरीले सेवा लिइरहेका छन् । हाल साडेपानी र सुखडमा गरि ४ लाख लिटर पानी अट्ने ट्याङ्की रहेको संस्थाले जनाएको छ ।

शिलान्यास कार्यक्रममा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी , प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह , विभिन्न वडाका वडा अध्यक्ष, घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।