दुई नम्बर प्रदेशमा माओवादीले खाता खोल्यो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

दुई नम्बर प्रदेशमा माओवादीले खाता खोल्यो



असोज ३, काठमाडौँ |

दुई नम्बर प्रदेशमा पहिलो खाता माओवादी केन्द्रले खोलेको छ ।

सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वाड नम्बर १ मा माओवादी केन्द्रका मोहन केसीले प्यानल सहित विजयी भएका हुन् ।  केसीले वडामा ३ सय ४२ मत पाएर बिजयी भएका हुन् ।

कर्जन्हा नगरपालिका साविकको सिरहा क्षेत्र नम्बर पांचमा पर्छ । यो क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोश्रो संविधानसभामा विजयी भएका थिए । यो वडामा मेयरमा भने एमालेले चार मतले अग्रता लिएको छ । यो नगरपालिकामा माओवादी र एमालेबीच चर्को प्रतिष्पर्धा हुने देखिएको छ ।

प्रारम्भिक मत परिणाम अनुसार २ स्थानीय तहमा माओवादी केन्द्रको अग्रता छ । बाराको देवतालसँगै धनुषाको गणेशनाथ चारनाथ नगरपालिकामा माओवादी केन्द्र अगाडी देखिएको हुन् ।

यसै क्रममा अहिलेसम्मको ताजा मत परिणाम अनुसार ४ स्थानमा कांग्रेस, २/२ स्थानमा एमाले र माओवादीले अग्रता लिएका छन् ।