सांसदहरूमाथि खतरा बढ्यो: प्रदीप ज्ञवाली - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

सांसदहरूमाथि खतरा बढ्यो: प्रदीप ज्ञवाली



काठमाडौँ- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसद्‍मा सांसदको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन् ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले दलहरूको नीतिविहिन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरूको खरिद विक्री हुने थलो बन्‍ने खतरा बढेको बताएका हुन् । तर, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै संसद्‍मा विश्‍वासको मत प्राप्त गर्नु पर्ने भएकाले उनी नै धेरै संसद् किनबेचमा सम्लग्‍न हुने अवस्था रहेको सडकमा रहेका नेकपाका नेताहरूले बताइरहेका छन् । ज्ञवाली ओली खेमाको नेकपाका प्रवक्ता पनि हुन् ।

उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्‍ने शक्तिहरू हौं । हामी विधिको साशनमा विश्‍वास गर्ने शक्तिहरू हौं । हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्‍वास गर्ने शक्तिहरू हौं । न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ । हामी त्यसलाई कार्यान्वयन गर्छौं । तर कतै फेरी संसद सांसदहरुको खरिद विक्रीको थलो बन्‍ने त होइन ? कतै सांसद फेरी दलहरूको नीतिहिन गठबन्धनको थलो बन्‍ने त होइन ?’

मन्त्री ज्ञवालीले देशभित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको बताए । सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्‍नति हुन सिफरिस भएको बताए । गत वर्ष कोभिड-१९को धक्काका कारण आर्थिक वृद्धि कमजोर भएपनि ऋणात्मक नहुनु सकारात्मक भएको उनको भनाइ छ ।

तीन वर्षसम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थान माथि उक्लिन सफल हुनुले सरकारले आर्थिक विकासमा सही काम गरिरहेको छ भन्‍ने पुष्टि भएको पनि उनले बताए ।