भीम रावलको राजीनामा: 'खील' निस्किएपछि ओलीलाई हाइसन्चो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भीम रावलको राजीनामा: ‘खील’ निस्किएपछि ओलीलाई हाइसन्चो



काठमाडौँ- नेकपा एमालेको विभाजनपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले केहि नेताहरू एमालेमै बस्दा पिलो निचोरिएको तर खील बाँकी रहेको बताएका थिए । भीम रावल लगायतका केहि नेताहरूलाई कक्षित गरेर ओलीले गरेको त्यो भाषण निकै चर्चित समेत बनेको थियो।

सधैजसो ओलीको कट्टर आलोचना गर्ने भीम रावल एमालेमै बस्दा कतिपय नेताहरू समेत खुशी देखिएनन् । तर १० बुँदे सहमति गरेर एमालेमै बसेका नेताहरूलाई अहिले १० बुँदे कै लफडामा परेका छन् । अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेलाई कार्यान्वयन नगर्ने बताएपछि मध्यमार्गी नेताहरु आक्रोशित बन्न थालेका छन् ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकमा कार्यदलका संयोजक भीम रावलले राजीनामा दिए । उनको राजीनामापछि एमालेको भविष्य थप अन्यौलमा परेको विश्लेषकहरु बताउँछन् ।

उनको राजीनामालाई कसैले गम्भीर रुपमा लिएका छन् तर अध्यक्ष ओली भने त्यसलाई हल्का रुपमा लिएका छन् । पत्रकारले रावलको राजीनामाबारे सोधेको प्रश्नको जवाफ दिँदै ओलीले त्यो त्यति ठूलो कुरा नभएको बताएका छन् ।

‘१० बुँदे कार्यान्वयन सहजीकरण समितिको संयोजक हुनुहुन्थ्यो, सहजीकरण मैले गरेर भएन, सकिन, त्यसकारण मेरो राजीनामा भन्नुभयो । त्यो ठुलो कुरा भएन ।’ संचारकर्मीहरुसंग कुरा गर्दै उनले भने ।

यता एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने १० बुँदेको कार्यन्वयन नगर्दा आफ्ना साथीहरुको हरिबिजोग भएको बताएका छन् । एमाले विभाजन नहुँदा माधवकुमार नेपालको पक्षमा लागेका नेताहरु विभाजन पछि एकता भन्दै ओलीकै साथमा रहेका छन् ।