खेल सकिएपछि पायाे रेडकार्ड ! - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

खेल सकिएपछि पायाे रेडकार्ड !



एजेन्सी : स्पेनिश ला लिगामा उपाधि होडबाट बाहिरिसकेको रियल म्याड्रिडले लेगानेसलाई २–१ ले पराजित गरेको छ । शनिबार राति घरेलु मैदानमा लेगानेसलार्इ रियलले पराजित गरेकाे हाे ।

लेगानेसलाई पहिलो हाफमा २–० ले पछि पारेको रियलले दोश्रो हाफमा एक गोल खायो । रियलका लागि खेलको आठौं मिनेटमा ग्यारेथ बेलले अग्रता दिलाए । पहिलो आफको अन्तिम मिनेटमा बोर्जा मायोरल मोयाले अग्रता दोब्बर पारे । दोश्रो हाफको ६६ औं मिनेटमा लेगानेसका डार्को ब्रासानाकले गोल गर्दै खेलमा फर्काउने संकेत देखाए पनि त्यसपछि लेगानेसले गोल थप्न सकेन ।

आफ्ना प्रमुख खेलाडिबिनै मैदानमा उत्रिएको रियलले मंगलबार हुने च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनल लेगका लागि क्रिस्टियानो रोननाल्टो, सर्जियो रामोस र मार्सेलोलाई विश्राम दियो ।

राेचक कुरा त याे छ कि खेल सकिएपछि लेगानेसका खेलाडीले रेडकार्ड पाए । अतिरिक्त समयको तेश्रो मिनेटमा रियलको क्षेत्रमा लेगानेसले दबाव कायम राखेको थियो । तर त्यतिबेलै रेफ्रिले खेल सकिएको सिठी बजाए । त्यसैको विरोधमा उत्रिएका लेगानेसका कप्तान ग्याब्रिएलले फ्रिलाई दुर्व्यवहार गरेको आरोपमा रेड कार्ड पाएका हुन् ।