खेलको माध्यमबाट पर्यटनको बिकासमा युवाहरुको अग्रसरता - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

खेलको माध्यमबाट पर्यटनको बिकासमा युवाहरुको अग्रसरता



कमल बिष्ट, कपिलवस्तु-

स्थानीय पर्यटकीय क्षेत्रको विकास र प्रबर्द्धनको उद्देश्य लिएर कपिलवस्तुको शिवगढीमा यही भाद्र ३० गते देखि खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।

“विजयादशमी तथा शुभलिपावली सबैमा हाम्रो शुभकामना,एतिहासिक तथा धार्मिक स्थल शिवगढीलाई पर्यटकीय क्षेत्र बनाउने हाम्रो चाहाना” भन्ने नारा सहित आयोजित प्रतियोगितामा १९ टिम सहभागी भएको विक्रम केसीले बताए ।

स्थानीय गोल्डेन स्टार युवा क्लबको आयोजनामा भएको उक्त खेलको वडा सचिव प्रेम वलीले उद्धघाटन गरेका थिए मन्तब्यको क्रममा बोल्दै उनले  खेल युवाको लागि आवश्यक रहेको बताउँदै युवा आफै सक्रिय भएर प्रतियोगिता आयोजना गरेकोमा खुसी व्यक्त गरे ।

उनले  शिवगढी आफैमा एक पर्यटकीय स्थल रहेको भए पनि प्रचार प्रचारको अभावले ओझेलमा परेको बताए । यस्ता खेलले प्रचार प्रचारमा महत्त्वपूर्ण भूमिका खेल्ने समेत विश्वास व्यक्त गरेका थिए । प्रतियोगिता ग्रामीण स्तरमा आयोजना गरिएको भए पनि प्रविधिको प्रयोग गरी सञ्चालन गरिएको छ । यसक्षेत्रमा पर्ने शिवगढी मन्दिर देश विदेशमा समेत चर्चित छ, उक्त मन्दिरमा शिवरात्रीको समयमा नेपाल तथा भारतबाट समेत हजारौको सङ्ख्यामा भक्तजनहरु दर्शनको लागि आउने गर्दछन् ।