सातौ राष्ट्रिय खेलकुदको लागि मध्यमाञ्चल सेपाक ताक्रो खेल छनौट प्रतियोगिता सम्पन्न - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

सातौ राष्ट्रिय खेलकुदको लागि मध्यमाञ्चल सेपाक ताक्रो खेल छनौट प्रतियोगिता सम्पन्न



 कर्ण अधिकारी / हिमाल पोष्ट /मंसीर २९।  बुल जिमको कभर्डहलमा सातौ राष्ट्रिय खेलकुदको लागि मध्यमाञ्चल सेपाक ताक्रो खेल छनौट प्रतियोगिता सम्पन्न भएको छ ।

15497475_1214697738611193_865947278_n

पुरूष खेलमा चितवन जिल्लाबाट २ टिम, काठमान्डौ तथा ललितपुरबाट ५ टिम गरी जम्मा ७ टीमका २८ जना खेलाडीहरूको सहभागि रहेको थियो भने महिला खेल तर्फ २ टिमका ८ जना खेलाडीहरू सहभागि थिए।

केन्द्रिय उपाध्यक्ष जितेन्द्र थापा मगर संयोजक, महा सचिब गंगा गुरूड र सचिब राम बहादुर थापा क्षेत्रीको छनौट समितिले पुरूष तर्फ १२ खेलाडी र बैकल्पिकमा ३ जना गरी जम्मा १५ र महिला तर्फ ४ जना खेलाडी र १ जना बैकल्पिक गरी ५ जना छनौट गरेका छन।संस्थापक अध्यक्ष धुर्व बहादुर गुरूडले बिजय तथा सहभागि खेलाडीहरूलाई पदक तथा प्रमाण पत्र बितरण गर्नु भएको थियो ।

छनौटमा परेका खेलाडीहरूको नामावली निम्न अनुसार छ।काठमाण्डौबाट सुजन डंगोल,मिजेस लामा ,सुजन गुरूङ ,समिर दनुवार र क्षितिज धामी छन भने चितवनबाट जेविन लामिछाने,रीतेश गुरूङ,कर्ण बहादुर थिंङ,बिपीन बराईली र सन्देश गुरूङ छन।

त्यसै गरी सर्लाहीबाट सुनिल जर्घा मगर र सिन्धुपाल्चोकबाट प्रदीप महत छनोटमा पर्नु भएको छ।बैकल्पिकमा धादिङबाट खेम बहादुर मगर,सिन्धुपाल्चोकबाट गणेश तामाङ र चितवनबाट भिम बहादुर भोलान पर्नु भएको छ।

महिला तर्फ काठमाण्डौबाट स्वस्तिका श्रेष्ठ,मिना डंगोल,सुमित्रा डंगोल,निकिता लामा छनोटमा परेको छ भने बैकल्पिकमा उषा महर्जन हुनु भएको छ।