खेलकुदको माध्यमले घोडाघोडि नगरपालिकालाई चिनाउने : प्रदेश सांसद साउद - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

खेलकुदको माध्यमले घोडाघोडि नगरपालिकालाई चिनाउने : प्रदेश सांसद साउद



बिशाल पाण्डेय
सुखड कैलाली । कैलाली क्षेत्र नं ३ ‘ख’ प्रदेश सभा सांसद अमर बहादुर साउदले घोडाघोडी नगरपालिकालाई खेलकुदको माध्यमले चिनाउने बताउनु भयो ।

घोडाघोडी नगरपालिकाको आर्थिक सहयोग र नगर खेलकुद बिकास समिती सँगको सहकार्यमा
जील्ला बुद्धी चाल संघ कैलाली र उपसमिती घोडाघोडीको आयोजनामा सुरुभएको प्रथम खुला अन्तर्राष्ट्रिय बुद्धि चाल प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद साउदले खेदलकुदको माध्यम बाट यो नगरपालिका लाई चिनाउनु पर्ने बताउनु भएको हो ।

“पछिल्लो समय घोडाघोडि नगरपालिका बोक्सी घटना, मेयर माथिको आक्रमणको घटनाले चिनिदै आएको यो नगरपालिका अब बुद्धिचाल प्रतियोगीताले सकारात्मक रुपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास रहेको सांसद साउदले बताउनु भयो ” । साउदले  यस्ता खेलहरु आगामी दिनमा पनि आयोजना गरिनु पर्ने र आफ्नो तर्फबाट हुने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै घोडाघोडि नगरपालिकाकि उप प्रमुख प्रेम कुमारी थापाले यो प्रतियोगिताले अन्य देश सङ्गको सम्बन्धलाई अझ मजबुत  बनाउने बताउनु भयो। ” यो प्रतियोगिता सम्पन्न भइसकेपछी अन्य देशबाट आएका प्रतियोगिले आफ्नो देशमा गएर नेपालको प्रशंसा गर्छ्न भन्ने आशा रहेको थापाले बताउनु भयो ।

कार्यक्रममा बोल्दै घोडाघोडि नगरपालिका -१ का वडाअध्यक्ष मनराज शाहिले हराउदै गएको बुद्धिचाल खेल प्रतियोगीता घोडाघोडि नगरपालिकामा भएको मा खुसी ब्यक्त गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन सँगै  शनिबार २ खेल सम्पन्न भएका छ्न । प्रतियोगितामा नेपाल,भारत, गरि ७२ जनाको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार  ४० हजार,द्धितिय २५ हजार र तृतिय पुरस्कार  १५ हजार रहेको छ ।

प्रतियोगीताको माध्यमबाट घोडाघोडी क्षेत्रलाई अन्तराष्टीय स्तरमा पुर्‍याउन  सहयोग पुग्ने बिश्वास आयोजकको रहेको छ ।

घोडाघोडी बहुमुखी क्याम्पस सुखडको हलमा शनिबार देखी सुरु भएको प्रतियोगिता २७ गते सम्म चल्ने छ ।