विद्यालयमा खेलकुद तथा स्टेसनरी सामाग्री वितरण - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विद्यालयमा खेलकुद तथा स्टेसनरी सामाग्री वितरण



मसुरिया,कैलाली । रेडियो सुनौलो एफएम १०५.६ मेघाहर्जका प्रबन्ध निर्देशक खकेन्द्र जैशि र आई.टि कम्प्युटर धनगढीका संचालक तथा चर्चित मोडल आलोक जंग साउदले संयुक्त रुपमा कैलालीको चुरे गाउपालिका- ४ बालुवागडामा रहेको सुर्यमुखी आधारभुत विद्यालयमा खेलकुद तथा स्टेसनरी समानहरु बितरण गरेका छन् ।

पछिल्लो समय आफुहरुले सामाजिक कामहरु गर्दै आएको र त्यसको निरन्तरता स्वरुप सरस्वती पुजाको अबसरमा आफुहरुले भौगोलिक रुपमा विकट र गरिब दुखी परिवारका बालबालिकाहरु अध्ययन गर्ने र आर्थिक हिसाबमा कमजोर रहेको उक्त बिधालयमा खेलकुद तथा स्टेसनरी सामान हस्तान्तरण गरेको रेडियो सुनौलो एफएम १०५.६ मेघाहर्जका प्रबन्ध निर्देशक खकेन्द्र जैशिले बताए ।

आई.टि.कम्प्युटर धनगढिका सञ्चालक आलोक जंग साउँदको सभाध्यक्ष्यमा भएको कार्यक्रमका प्रमुख अतिथि चुरे गाउँपालीका वडा नं.४ का वडाध्यक्ष्य कृष्ण बहादुर मल्ल रहेका थिए ।

गरिब तथा जेहेन्दार स–साना बालबालिकालाई राहत होस भनेर आफुहरुले बिकट चुरे -४ मा रहेको उक्त बिधालयमा अध्यनरत बिद्यार्थीहरुका लागी फुटबल , भलिबल , ब्याटमिन्टन,जाली,प्रत्येक कक्षामा प्रथम ,द्बितिय र तेर्सो हुने बिद्यार्थीलाई पुरस्कार लगायतका सामाग्री प्रदान गरेको चर्चित मोडल साउदले बताए । यो आफ्नो सामाजिक कार्यको अन्त नभई शुरूवात भएको बताउदै मोडल साउदले आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने बताए ।

यस अघि पनि प्रबन्धक निर्देशक जैशी र मोडल साउदले गौरिगङ्गा न.पा -३ मा रहेको कालिका शिबरमा पनि न्यानो लुगा समेत बितरण गरेका थिए । सुर्यमुखि आधारभुत विद्यालयका विद्यार्थिहरुले विभिन्न किसिमका खेलकुदका साम्राग्रीहरु प्राप्त गरेकोमा खुसि व्यक्त गरेका छन्।