कोहलीले नै गर्ने भए आरसीबीको कप्तानी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कोहलीले नै गर्ने भए आरसीबीको कप्तानी



एजेन्सी । आगामी मार्चदेखि मे सम्म चल्ने इन्डियन प्रिमियर लिग (आइपिएल) मा सहभागिता जनाउने टिम आरसीबीको कप्तानीमा हेरफेर नहुने भएको छ । अर्थात विराट कोहली कै कप्तानी रहँदै आरसीबीले आइपिएल खेल्नेछ ।

पछिल्लो सिजन फितलो प्रदर्शन गरेपछि आरसीबीको कप्तान परिवर्तन हुने हल्ला चलेको थियो । तर आरसीबीका क्रिकेट निर्देशक माइक हसनले कप्तान परिवर्तन नहुने प्रष्ट पारेका छन् । यसका साथै कोहली कीर्तिमानी सातौं सिजन आरसीबीको कप्तानी गर्नेछन् ।

गत सिजन आरसीबी प्ले अफमा समेत पुग्न सकेको थिएन । आगामी प्रतियोगितामा थप २ टिमलाई समावेश गराउँदै १० टिमले आइपिएल खेल्नेछ ।