खोटाङमा बस दुर्घटनामा तीनको मृत्यु - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

खोटाङमा बस दुर्घटनामा तीनको मृत्यु



हिमाल पोष्ट / खोटाङ, २४ मङ्सिर । हलेसी महादेब दर्शन गरेर फर्किने क्रममा उदयपुरको लेखानीमा आज भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

खोटाङको धार्मिकस्थल हलेसी महादेबको दर्शन गर्न आएका दर्शनार्थीलाई लिएर हलेसीबाट कटारीतर्फ जाँदै गरेको ना ४ ख ३६२० नम्बरको बस उदयपुरको लेखानी– ५ मा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकसहित ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिनुभयो । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घाइतेको उद्धारका लागि उदयपुरबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा खटिएका छन् । घाइतेहरुको उद्धार गरी कटारीतर्फ लैजाने काम भइरहेको प्रत्यक्षदर्शीले जनाएका छन् । रासस