२२औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा रुपन्देही - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

२२औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा रुपन्देही



स्वास्थ्य राज्यमन्त्री भन्नुहुन्छ “हजुरहरु काम गर्नुस म सहायो गर्नेछु “

तिलक सुबेदी / माघ २२ ,बुटवल ।

रुपन्देही जिल्ला २२औँ पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको छ ।
स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले शुक्रबार जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्दै घोषणालाई कार्यान्वयन गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।
आफुले भैरहवामा रहेको जिल्ला अस्पताललाई स्तर वृद्धि गरी १०० श्ययाको बनाउने कार्यलाई तत्काल कार्यान्यवन गरिने वचन दिँदै अस्पताललाई चाहिने उपकरण समेत तत्कालन उपलब्ध गराइने घोषणा गर्नुभयो  । उहाँले ले भन्नुभयो “हजुरहरु काम गर्नुस म सहायो गर्नेछु ”
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.  राजेन्द्र पन्तले खोप अभियानलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउँदै यस वर्ष खोपका चार प्रकार थप गरिन लागेको जानकारी दिनुभयो  ।
विसं २०७० मा रुपन्देहीमा पहिलो पटक तत्कालीन शङ्करनगर गाविस पूर्ण खोपयुक्त घोषणा भएको थियो । त्यसको तीन वर्षपछि रुपन्देही पूर्ण खोप जिल्ला भएको हो ।