खुद्रा किराना व्यावसायीलाई कर प्रशिक्षण - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

खुद्रा किराना व्यावसायीलाई कर प्रशिक्षण



बुटवल । खद्रा किराना व्यवावसायी संघ रुपन्देहीले कर प्रशिक्षण प्रदान गरेको छ । रुपन्देहीको तिलोत्तामा ,सिहारी ,सुद्धोधन तथा बुटवलमा रहेका व्यवसायीहरुलाई एक दिने कर प्रशिक्षण सनिबार बुटवलमा संचालन गरिएको हो ।
खुद्रा किराना व्यावसायी संघ रुपन्देहीका अध्यक्ष गांगाधर न्यौपानले व्यावसाय दर्ता, विल विजक जारी गर्ने,भ्याट तथा अन्तशुल्क सम्वधनमा व्यावसायीलाई प्रशिक्षण प्रदान गरेको बताए ।


१ सय ५० जना खुद्रा किराना व्यावसयीलाई कर अधिकृत अनिल प्रसाद श्रेष्ठ,पिताम्बर खनाल, राम प्रसाद प्रोखेल केदार भण्डारीले प्रशिक्षण प्रदान गरेका थिए ।
गंगाधर न्योपानेको अध्यक्षता भएको कार्यक्रमा निर्वमान अध्यक्ष कमला गौतम,बरिष्ठ उपाध्यक्ष ज्ञान प्रसाद न्योपाने, संस्थापक टिकराम गैरे महा सचिव कृष्ण प्रसाद पाण्डेय लगायत बोल्नु भएको थियो । रुपन्देहीका १५ सय साधारण सदस्य रहेको किराना व्यवासायी संघले पालैपलौ गरी कर प्रशिक्षण संचालन गरेको छ ।