क्वारेन्टाईनमा खटिएका स्वयंसेवक माथि खुकुरी प्रहार - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

क्वारेन्टाईनमा खटिएका स्वयंसेवक माथि खुकुरी प्रहार



विशाल पाण्डेय / कैलाली ।

कैलालीमा क्वारेन्टाईनमा खटिएका स्वयंसेवक माथि खुकुरी प्रहार भएको छ । जिल्लाको घोडाघोडी नगरपालिको- ६ प्रतिक खेत खेलमैदान नजिक अस्थाई रुपमा बनाएको क्वारेन्टाईनका एक स्वयंसेवकमाथी खुकुरी प्रहार गरिएको हो ।

शनिबार साझ व्यवस्थापनमा खटिएका स्थानिय स्वयंसेवक रामबहादुर ठकुल्लामाथी खुकुरी प्रहार भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरि शरण भट्टले जानकारी दिए । खुकुरी प्रहारबाट ठकुल्लाको दायाँ हात र शरीरमा समेत चोट लागेको छ । घाईते ठकुल्लालाई सुखडमा रहेको घोडाघोडी अस्पतालमा नौ वटा टाका लगाइएको थियो । घाइते ठकुल्लाले घोडाघोडी नगर कार्यपालिका सदस्य रती कामीका छोरा अर्जुन कामीले प्रहार गरेको जानकारी दिए ।

घटनाको विषयलाई लिएर इलाका प्रहरी कार्यलाय सुखडमा उजुरी दर्ता गराउदा समेत केही सुनुवाइ नभएको पिडितले गुनासो गरे । अपराधी गाउमै घुमिरहेकोले अझै आफुहरु असुरक्षित भएको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका अर्का युवाले बताए ।

यता इलाका प्रहरी कार्यलय सुखडका प्रहरी प्रमुख हरिसरण भट्टले उनिहरुले ठाडो निवेदन दिएको र घटना सम्बन्धि विस्तृत जानकारीका लागि दुई पक्षलाई बोलाइ वास्तविक कुरा बुझेर कारबाही गरिने बताएको जानकारी दिए ।

यस्तो छ घटनाको कारण !

वडामा निर्माण भैरहेको क्वारेन्टाइन व्यवस्थापनका लागि खटिएकाहरुलाई साझ केहि खाजा नास्ताको व्यवस्थापन गरिएको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका एक युवकले बताए । हामी खादै थियौ, सोही बेला अध्यक्ष ज्युको मोबाइलमा फोन आयो ! अध्यक्ष ज्यु को फोन लाउड स्पिकर गराइएको रहेछ ,फोन गर्ने व्यक्तिले योजनामा आएको बजेटमा सिधै आफ्नो कमिसनको कुरा गरे ! अनि हामिले फोन गर्ने व्यक्तिको आवाज सुने जस्तो लाग्यो बुझ्दै जादा उनी सोही वडाका वडा सदस्य धन बहादुर चौधरी रहेछ्न, उनले भने ।

वडामा आएको विकास बजेटका बारेमा वडा अध्यक्ष विनोद बिक र सोही वडाका वडा सदस्य धन बहादुर चौधरी बिच भनाभन पनि भयो अनि हामी मध्यका केही युवाहरुले आक्रोशित भएर भोलि सबै मानिस जुटाएर यसको वास्तविकता को बारेमा जानकारी लिने बतायौ क्वारेन्टाइन व्यवस्थापनमा खटिएका ति युवाले बताए ।

भनाभन भैरहेको अवस्थामा वडा अध्यक्ष विकले गाउका केही युवालाइ फोन गरेर बोलाए युवाहरुको समूह खुकुरी लिएर आयो र सामान्य कुराले ठूलो घटनाको रुप लिएको टेलीफोन मार्फत ती युवाले हिमाल पोस्टलाई जानकारी दिए ।

यता वडा अध्यक्ष विनोद विकले क्वारेन्टाइन व्यवस्थापनमा लागेका युवाहरुलाई खाजा खुवाइरहेको वेलामा राजनीतिक गफ गर्दा गर्दै युवाहरु झगडा गरेको बताए । उनले वडा सदस्य र आफू बिच कमिसनको कुरा नभई आफ्नो वडामा आएको वर्थिङ्ग सेन्टर सञ्चालनका तत्काल रोकिएको हुदा सो बजेटको केही बजेटलाई रकामान्तर गरि टोलको बाटोघाटो निर्माण कार्य गर्ने सन्दर्भमा कुरा भैरहेको बताए ।

अध्यक्ष विकले त्यतिकैमा केही युवा आफू प्रती आक्रोशित भइ आफुमाथी अपशब्द प्रयोग गर्दै गालिगलोच गर्न थालेको बताए । ‘ जनताका लागि रातदिन नभनी काम गर्दा पनि अझै गालिनै सुन्नु पर्नै भन्दै मैले सम्झाउन खोज्दा झगडा भयो । ‘ उनले भने बाहिर बाट आउने केटाहरु कहाँ बाट कसले बोलायो भन्ने आफुलाइ केही थाहा छैन ।’