एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता गम्भीर घाइते - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता गम्भीर घाइते



अछाम, १२ असार ।

मेल्लेख गाउँपालिकाको सरानी गाउँमा एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई कार्यकर्ता गम्भीर घाइते भएका छन् । सोमबार विहान विवाद हुँदा एमालेका चार कार्यकर्ताले कांग्रेसका दुई कार्यकर्तालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । कांग्रेस कार्यकर्ता युवराज खड्का र प्रकाश खड्कालाई खुकुरी प्रहार गरी गम्भीर घाइते भएका छन् ।

उनीह्रुलाई एमाले कार्यकर्ता हेमराज खडका, केशर खड्का, उमेश खड्का र कृष्ण खड्काले खुकुरी प्रहारबाट घाईते भएका हुन् । उनीहरुको टाउकोमा छ–सात ठाउँमा चोटपटक लागेको र बायाँ हात भाँचिएको प्रहरीले जानकारी दिएको छ । घाइतेद्वय सहोदर दाजुभाई हुन् । ढुंगा प्रहारबाट महेश र प्रकाशको आमा ललितादेबि खड्कासमेत घाइते हुनुभएको छ ।

घाइतेसँगै कुटपिटमा संलग्न चारै जना र उनीहरुबाट बरामद गरिएको दुई थान तरबारसमेत प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।