खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिताको आयोजना - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिताको आयोजना



विशाल पाण्डेय / बौनिया ,कैलाली ।
जिल्लाको बर्दगोरियामा राष्ट्रव्यापी खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । “राष्ट्रको शान, युवा तथा खेलकुद बिकासको अभियान” भन्ने नाराका साथ वडा नम्बर ३ मा रहेको साईनिङ स्टार युुवा क्लवको आयोजनामा यही फागुन २३ गते देखी २८ गते सम्म प्रतियोगिता संचालन हुने बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिईएको छ ।

बिगतमा स्थानीय रामजानकी मन्दिर संरक्षण समितीले आयोजना गर्ने गरेको प्रतियोगिता ३ वर्ष यता लगातार क्लवले संचालन गर्दै आएको छ । प्रतियोगिताको तेश्रो संस्करणमा कैलाली ,कञ्चनपुर , डोटी , सुर्खेत लगायतको विभिन्न ठाउँ तथा भारतीय खेलाडीहरु गरि करिब २० टीमको सहभागिता रहने अनुमान गरिएको आयोजकले जनाएको छ ।

खेलकुदको बिकास तथा खेलाडी उपादनका लागि नियमित प्रतियोगिता आयोजना गरिएको क्लवका अध्यक्ष मिलन ओलीले बताए । क्लवले प्रतियोगिता संचालन मात्र नभई समाजको सकारात्मक रुपान्तरण र बिकासका लागि समेत काम गरिरहेको ओलिले जानकारी दिए । हरेक वर्ष फागु पुर्निमाको अवसर पारी आयोजना गरिने भलिबल प्रतियोगितालाई स्थानीयवासी तथा दर्शकहरुले निकै महत्वका साथ लिने गरेका छन । बिगतका प्रतियोगितामा बाहिरी खेलाडीहरुको बर्चस्व हुदा स्थानीय खेलाडीहरुले अवसर गुमाउने समस्यालाई मध्यनजर गर्दै यो प्रतियोगितामा एउटा टिममा २ जना मात्र बिदेशी खेलाडी समाबेस गर्न पाईने पत्रकार सम्मेलन मार्फत जनाकारी दिईएको छ ।

प्रतियोगिताको बिजेताले नगद ८१ हजार, उप–बिजेताले ५१ हजार र तृतिय स्थान प्राप्त गर्ने टीमले २५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेआयोजकले जनाएको छ । यस्तै उत्कृष्ट बिभिन्न बिद्यामा समेत आकर्षक पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाईएको छ ।