सृजना गुरुङको "खुसी छ यो मन " बोलको गीतको भिडियो सर्बजानिक - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सृजना गुरुङको “खुसी छ यो मन ” बोलको गीतको भिडियो सर्बजानिक



फुलको सौन्दर्यता अनि सङ्गीतको माधुर्यता यो दुई सङ्गम बाट कोही टाढीन सक्दैन ।सङ्गीतको न त भाषा न त क्षेत्र वा परिधी हुन्छ मात्र सङ्गीतमा भाका हुन्छ ।त्यही सङ्गीतको मीठो भाकामा डोर्याउदै जुराएको नाम हो नेपाली साङ्गीतमा थपिएको अर्को नाम हो सृजना गुरुङ । पूर्वी नेपालको सुन्दर भूमि पुर्ख्यौली घर ईलाम बाट बसाइ सरि नेपाली सङ्गीतको खानी दार्जेलिङमा बसोबास गरेकी गुरुङ सानै देखि सङ्गीतको परिवेशमा हुर्केकी हुन । गीत सङ्गीतको माहोलमा औपचारिक नभएता पनि अनौपचारिक व्यावहारिक सङ्गीतको ज्ञान सँगै धेरै अग्रज गायक गायिकाको प्रेरणाले पुराना गीत गाउदै सानै देखि सङ्गीतमा प्रवेश गरेका हीन ।

पछिल्लो समयमा आफूलाई सङ्गीतमा बुझ्न सक्ने क्षमता भए पछि सृजना सन २०१२ मा कर्म गर्दै भविष्य खोज्न काठ्मान्डौ अाईन त्यही बखत ज्ञान मिडियामा आबद्ध भई सङ्गीत सृजनामा निरन्तर लागि परि त्यही बाट सुरु भयो नेपाली गीत सङ्गीतको स्ट्रगल सिर्जना गुरुङको ।

उनीमा लामो समय देखिको सङ्गीतको ज्ञान र १ दर्जन जति फुट्कर गीतहरू गाइसकेकी भए पनि एकल एल्बम निकाल्न आट गरेकी थिईनन किन कि एल्बम निकालेर मात्र गायिका भईन्दैन म चाहन्छु नेपाली गीत सङ्गीतमा गुणस्तरिय गीत सङ्गीत चाहिएको छ । बिस्तारै अग्रज सङ्गीतमा दखल भएका व्यक्तिहरूको प्रतिक्रिया बजारमा चलेका स्वारहरु भन्दा सृजनामा भिन्नै किसिमको आवाज छ सुझव पाए पछि एल्बमको बारे सोचेको हु । जुन सुकै कुराको पनि समय आउँछ त्यही भएर होला ‘मेरो एल्बम’ सार्बजानिक हुने समय अहिले जुरेको छ । एल्बममा जम्मा ७ वटा गीत समावेश छन् । खुसी छ यो मन , फरिया र गुन्यू चोली , न रुन समय पाँए ,बैँस मेरो फुलेका ,किन दुख मान्छौ, राजकुमार जिन्दगीको , तिम्रो कोमल आखाको सागर … गीत समावेश छन् । शब्द वरिष्ठ गीतकार अ्म्बिका गुरुङ , अरुण तिवारी लगायतका गीत सुन्न पाइन्छ । सङ्गीतमा प्रमोद परियार,रोशन वालुवा,विक्रम थापा,बि.पी. वाग्ले,र चर्चित सङ्गीतकार महेश ज्ञवाली (मालिक) को पनि सुन्न पाइन्छ। रेकर्डिष्ट र मिक्सिङ्मा साजन शाह र विजय श्रेष्ठ (रेवेल) लगायत धेरै ध्वानी मिश्रहरुको मिहनत पाइन्छ । ‘मेरो एल्बम’ एल्बममा पृथक् शैलीमा विभिन्न गीतहरू समेटिएको छ ।सो एल्बमको ‘खुसी छ यो मन’ बोल गीतको भिडियो समेत सर्बजानिक गरिएको छ । उक्त भिडियोमा अभिनय गायिका सृजना गुरुङ स्वयमको हेर्न पाइने छ। उत्सव दाहालले खिचेका हुन भने भिडियोलाई निर्देशन युवराज वाइवाले गरेका हुन । सो एल्बमलाई ज्ञान मिडियाले बजार व्यवस्थापन गरेको हो।