ख्याल गर्नुस, १५ दिनभित्र विद्युत् लाइन काटिन्छ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

ख्याल गर्नुस, १५ दिनभित्र विद्युत् लाइन काटिन्छ



काठमाडौं, भदौ ९  ।

नेपाल विद्युत् प्राधिकरणले बक्यौता महसुल बुझाउन १५ दिनको समय दिएको छ ।
लामो सयम विद्युत् महसुल नबुझाएका ग्राहकलाई १५ दिनको म्याद दिँदै प्राधिकरणले १५ दिनभित्र बक्यौता नबुझाए लाइन काट्ने जनाएको हो ।

अब मिटर रिडिङ भएको ६० दिनभित्र विद्युत् महसुल नबुझाए १५ दिनभित्र जुनसुकैबेला विद्युत् लाइन काटिने सूचना पनि प्राधिकरणले प्रकाशित गरेको छ ।

११ अर्ब २० करोड रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ ।

घाटामा रहेको विद्युत् प्राधिकरण बक्यौता रकम उठानसके नाफामा जानेछ ।