अब काठमाडौंवासीलाई हेमोडायलासिस सेवा निःशुल्क - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

अब काठमाडौंवासीलाई हेमोडायलासिस सेवा निःशुल्क



काठमाडौं- काठमाडौं महानगरका बासिन्दा र महानगरपालिकामा कार्यरत कर्मचारीले हेमोडायलासिस सेवा निःशुल्क पाउने भएका छन्।

नेपाली सेनासँगको सहकार्यमा मिर्गाैलाका बिरामीलाई हेमोडायलासिस सेवा निःशुल्क गर्न लागिएको हो।

नेपाली सेना र महानगरपालिकाबीच बुधबार भएको सम्झौतामा मेयर विद्यासुन्दर शाक्य र प्रधानसेनापति पूर्णचन्द्र थापाले हस्ताक्षर गरेका छन्।

हेमोडायलासिस सेवा नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पतालमा उपलब्ध हुनेछ। सम्झौताअनुसार ज्येष्ठ नागरिकका लागि ओपीडी र आकस्मिक सेवा प्रदान गरिनेछ।

हेमोडायलासिसका लागि आवश्यक उपकरण, भौतिक पूर्वाधार र जनशक्ति आवश्यक भएमा महानगरपालिकाले नेपाली सेनालाई अनुदान उपलब्ध गराउनुपर्नेछ।यो खबर आजको अन्नपूर्ण पोस्टमा छापिएको छ।

यसका लागि महानगरपालिकाले ३ करोड रुपैयाँ विनियोजन गरेको छ।